संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा बुधबार ९२ जना कोरोना संक्रमित थपिएका छन् । ४९५ जनाको पीसीआर परीक्षण गर्दा झापामा २६, सुनसरीमा २१, मोरङ, र इलाममा २०/२०, धनकुटा र उदयपुरमा २/२ तथा पाँचथरमा १ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार झापाको मेचीनगरमा ६, बाह्रदशीमा ५, विर्तामोडमा ४, भद्रपुर, शिवसताक्षी, कनकाई र दमकमा २/२, अर्जुनधारा, कचनकवल र हल्दिबारीमा १/१, सुनसरीको धरानमा १६, इटहरीमा २, रामधुनी, गढी र इनरुवामा १/१ जना संक्रमित भेटिएका छन् । मोरङको विराटनगरमा १३, सुनबर्षी र मिक्लाजुङमा २/२, उर्लाबारी, कटहरी र बेलबारीमा १/१ जना, इलामको इलाम नगरपालिकामा १७, माईजोगमाईमा २ र सुर्योदयमा १ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

त्यस्तै, धनकुटाको धनकुटा नगरपालिकामा २, उदयपुरको बेलका र स्थानीय तह नखुलेका १/१ र पाँचथरको फिदिममा १ जनामा संक्रमण देखिएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ हजार ५ सय ३३ पुगेको छ । जसमध्ये २२ हजार ४ सय २७ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा बुधबार ५० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ४३, मेची अस्पतालबाट ६ र विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!