संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ मा सोमबार २१३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७६, सुनसरीमा ४८, झापामा ४५, ताप्लेजुङमा २१, उदयपुरमा ९, इलाम र धनकुटामा ५/५, संखुवासभा, तेह्रथुम, भोजपुर र पाँचथरमा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ४९, बुढीगंगामा ६, पथरीशनिश्चरेमा ४, उर्लाबारी र बेलबारीमा ३/३, सुन्दरहरैंचा र कानेपोखरीमा २/२, रंगेली, ग्रामथान र लेटाङमा १/१ र स्थानीय तह नखुलेका ४ जनामा संक्रमण देखिएको हो । सुनसरीको धरानमा १७, इटहरीमा १६, इनरुवा र बराहक्षेत्रमा ४/४, कोशी गाउँपालिकामा २, बर्जु, दुहवी, रामधुनी, गढी र स्थानीय तह नखुलेका १/१ जना संक्रमित थपिएका छन् ।

त्यस्तै झापाको भद्रपुरमा १०, विर्तामोडमा ९, कनकाईमा ७, शिवसताक्षीमा ४, दमक र बुद्धशान्तिमा ३/३, मेचीनगर, अर्जुनधारा, गौरादह र झापा गाउँपालिकामा २/२, र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

यता, ताप्लेजुङको फुङलिङमा १३, पाथीभरा याङवरकमा ८, उदयपुरको चौदण्डीगढीमा ५, त्रियुगामा २, कटारी र स्थानीय तह नखुलेका १/१ जना संक्रमित भएका छन् । त्यस्तैगरी इलामको इलाम नगरपालिकामा २, सुर्योदय, देउमाई र मांसेबुङमा १/१, धनकुटाको धनकुटा नगरपालिका र महालक्ष्मीमा २/२, शहिदभूमीमा १, संखुवासभामा १, तेह्रथुमको म्याङलुङमा १, भोजपुर र पाँचथरको फिदिममा १/१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ हजार २६२ पुगेको छ । जसमध्ये २२ हजार २८५ संक्रमित निको भईसकेका छन् ।

प्रदेश १ मा आज १०२ जना कोरोना संक्रमित निको भएका छन् । होम आईसोलेसनमा रहेका १ सय र न्युरो अस्पतालमा उपचाररत २ जना संक्रमित निको भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!