संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको सहिदभूमि गाँउपालिका वडा नं. ५ को वडा कार्यालय भवन उद्घाटन गरिएको छ । प्रदेश सांसद ईन्द्रमणी पराजुली र गाँउपालिका अध्यक्ष मनोज राईले रिवन काटेर कार्यालय भवन उद्घाटन गरेका हुन् ।

Advertisement

कार्यक्रममा बोल्दै सांसद पराजुलीले मुलुकमा राजनीतिक परिवर्तन ल्याउँन सहिदभूमिवासीको महत्वपूर्ण योगदान रहेको बताए । जनताले विश्वास गरेर पठाएका जनप्रतिनिधिले जनताको चाहना अनरुप काम गरिरहेको भन्दै उनले जनतालाई चाडै परिवर्तन अनभूति हुने धारणा राखे । कार्यक्रमका गाँउपालिका अध्यक्ष राईले जनताको चाहना अनरुप विकासका काम अगाडि बढिरहेको दावी गरे । उनले सिहंदरबारको अधिकार र सेवा सुविधा गाउँ–गाउँबाट जनतालाई प्रदान गरिरहेको बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रत्नश्वरी राई, नेकपा धनकुटाका सचिवालय सदस्य साबित्रा राई, सहिदभूमि ७ का वडाध्यक्ष बमबहादुर राई, नेकपा वडा कमिटि सचिव भानु राई, गाँउ कमिटि सचिव मातृका राई लगायतले गाउँको बिकासले गति लिदै गएकोमा जोड दिए ।

गाँउपालिकाको वहुवर्षे योजना अन्तर्रगत १ करोडको लागतमा सभा हलसहित ७ कोठा भएको दुई तले भवन निर्माण गरिएको वडाध्यक्ष मल्सुराम राईले जानकारी दिए । वडा कार्यलय भवन बनाउँन निःशुल्क जग्गा दिने कुलबहादुर राई, भीमबहादुर राई र सुर्यबहादुर राईलाई सोही कार्यक्रममा दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरी सम्मानित गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!