संगालोखबर सम्वाददाता

मोरङ । मोरङको उर्लाबारी नगरपालिका–९ बाट जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । विहिबार साँझ ६ बजे स्थानीय एक घरमा जुवा तास खेलिरहेको सूचनाका आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–९ का ४८ बर्षीय बाबुराम कार्की, २८ बर्षीय डम्बर बहादुर लिम्बु, उर्लाबारी–८ का २६ बर्षीय बिमल डाँगी, २७ बर्षीय दिवान मगर, ३२ बर्षीय गोबिन्द पुरी, उर्लाबारी–३ का ४२ बर्षीय बिष्णु राउत र खोटाङको केपिलासगढी–५ का ६७ बर्षीय कुबिरमान तामाङ छन् ।

जुवा तास खेलिरहेको ठाउँबाट ३ लाख २५ हजार १५५ रुपैयाँ नगद बरामद भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!