संगालोखबर सम्वाददाता

इलाम । किरात धर्मगुरु आत्मानन्द लिङदेनको जन्मोत्सवको अवसरमा बिहिबार इलामको माङसेबुङ गाउँपालिकाले सार्वजनिक विदा दिएको छ ।

Advertisement

गाउँकार्यपालिकाको बैठकले धर्मगुरु आत्मानन्दको ६६ औं जन्मोत्सवमा एक दिन (मंसिर १८ गते) स्थानीय सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सार्वजनिक विदाको दिन गाउँपालिका क्षेत्र भित्रका सरकारी कार्यालय, बिद्यालयहरु र अन्य संघसंस्थाहरु विदा हुँने गाउँपालिकाले जनाएको छ ।

माङसेबुङ गाउँ कार्यपालिकाको बैठकले हरेक वर्ष १८ मंसिरमा स्थानीय सार्वजनिक बिदा दिने गत बर्ष नै निर्णय गरेको थियो । यस बर्ष पनि सोही निर्णयलाई निरन्तरता दिईएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!