संगालोखबर सम्वाददाता

भोजपुर । बच्चा जन्माउँदा अत्याधिक रक्तश्राव भएपछि भोजपुरकी एक सुत्केरी महिलालाई थप उपचारका लागि हेलिकप्टरमार्फत धरान पठाईएको छ ।

Advertisement

बर्थिङ सेन्टरमा सुत्केरी गराउँदा अत्याधिक रक्तश्राव भएपछि भोजपुर–४ शिद्धेश्वरकी ३२ वर्षीय पवित्रा श्रेष्ठलाई उद्धार गरेर धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको हो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत काठमाडौंबाट हेलिकप्टर मगाएर सुत्केरीलाई तत्काल उद्धार गरिएको हो । अत्याधिक रक्तश्राव भएकाले एम्वुलेन्सबाट लैजादा ढिलो भएर सुत्केरीको ज्यान जोखिममा हुँने देखिएपछि हेलिकप्टरमार्फत पठाईएको हो ।

सरकारले यो कार्यक्रम अन्तर्गत सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धार गरेर निःशुल्क सेवा प्रदान गरिदै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!