उदयपुरमा बम बिस्फोट गराएको आरोपमा विप्लव कार्यकर्ता पक्राउ
उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा बम बिस्फोट गराएको आरोपमा नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ताप्ली–५ रुपटारका गौरबहादुर देवकोटा र ताप्ली–१ ओख्लेका रितु विक छन् । गत शनिवार ताम्ली गाउँपालिका कार्यालयमा बम बिस्फोट भएको थियो । बिस्फोटबाट कार्यालयको ढोका, टेबल, कुर्सी, प्रिन्टर र भवनमा क्षति पुग...



























