संगालोखबर सम्वाददाता

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले शिक्षक दरबन्दी नभएका बिद्यालयहरुमा दरबन्दी कायम गरेर शिक्षकलाई पठाउन थालेको छ । नगरपालिकाले दरबन्दी मिलान भएका १९ जना शिक्षक शिक्षकाहरुलाई आफनो कार्य क्षेत्रमा खटाएको छ ।

Advertisement

धेरै शिक्षक भएको बिद्यालयमा थोरै बिद्यार्थी तथा धेरै बिद्यार्थी भएको बिद्यालयमा दरबन्दी अनुसार शिक्षक नभएपछि समानुपातिक आधारमा शिक्षकको दरबन्दी मिलान गरिएको बेलबारी नगरपालिका शिक्षा शाखाका अधिकृृत भुपेन्द्र कोइरालाले बताए । नगरपालिकाले समानुपातिक आधारमा कक्षा १ देखि ८ सम्म सञ्चालन भएका बिद्यालयहरुमा ४ वटा दरबन्दी कायम गरेको छ भने सबै माध्यमिक बिद्यालयमा ५ वटा दरबन्दी कायम गरेको छ । त्यस्तैगरी आधारभूत बिद्यालयहरुमा बिद्यार्थी तथा कक्षाका आधारमा दरबन्दी कायम गरिएको छ ।

दरबन्दी नभएका २ वटा माध्यमिक बिद्यालयमा एक/एक जना शिक्षकलाई पठाई सकिएको बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले जानकारी दिए । उनका अनुसार दरबन्दी अनुसार खालि रहेका बिद्यालयमा शिक्षकको ब्यबस्थापन गर्ने काममा नगरपालिका अगाडि बढेको छ । समायोजन भएर गएका शिक्षकहरुलाई नगर प्रमुख सुवेदीले बेलबारीको शैक्षिक गुणस्तरको चर्चा हुने गरी आफनो कार्य क्षेत्रमा लाग्न निर्देशनसमेत दिएका छन् । बेलबारीमा १२ माध्यमिक, ८ निम्न माध्यमिक र ३० प्राथमिक बिद्यालय छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!