संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा मंगलबार १७९ जना कोरोना संक्रमित थपिएका छन् । ८३५ जनाको पीसीआर परीक्षण गर्दा ५५ महिला र १२४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमण पुष्टि हुँनेमा ९ जना प्रदेश १ बाहिरका पनि छन् ।

Advertisement

झापामा ६२, मोरङमा ५३, सुनसरीमा ३८, इलाममा १०, पाँचथर र तेह्रथुममा २/२, ताप्लेजुङ, धनकुटा र उदयपुरमा १/१ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको विर्तामोडमा २२, भद्रपुरमा १५, दमकमा ७, कनकाई र शिवसताक्षीमा ४/४, अर्जुनधारामा ३, मेचीनगरमा २, गौरादह, बुद्धशान्ति, कचनकवल, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको छ ।

मोरङको विराटनगरमा ४०, बेलबारीमा ३, केराबारी, पथरीशनिश्चरे र सुन्दरहरैंचामा २/२, रतुवामाई, उर्लाबारी, कटहरी र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण पुष्टि भएको छ । सुनसरीको धरानमा १८, इटहरीमा १७, भोक्राहानरसिंह, देवानगञ्ज र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

इलामको माईमा ८, इलाम नगरपालिका र रोङमा १/१, पाँचथरको फिदिम र मिक्लाजुङमा १/१, तेह्रथुमको लालिगुराँसमा २, ताप्लेजुङको पाथीभरा याङवरक, धनकुटा र उदयपुरको त्रियुगामा १/१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ हजार ४ सय ४१ पुगेको छ । जसमध्ये २२ हजार ३ सय ७७ जना निको भएका छन् ।

यसैबीच प्रदेश १ मा मंगलबार ९२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ८३ जना कोरोनामुक्त भएका छन् । विराट मेडिकल कलेजबाट ५ र मेची अस्पतालबाट ४ जना डिस्चार्ज भएका छन् । हालसम्म प्रदेश १ मा १ लाख ९२ हजार २६१ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!