प्रदेश १ मा थपिए ७२ कोरोना संक्रमित, ९६ डिस्चार्ज
विराटनगर । प्रदेश १ मा सोमबार ७२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २६, झापामा २२, सुनसरीमा १०, इलाममा ७, संखुवासभा र ताप्लेजुङमा ३/३ र पाँचथरमा १ जना थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १५, सुन्दरहरैंचा, बेलबारी र पथरीशनिश्चरेमा २/२, रंगेली, केराबारी, बुढीगंगा, रतुवामाई र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै झापाको विर्तामोड...



























