संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । धारिलो हतियार प्रहार गरी विराटनगरमा एकजना युवकको गएराति हत्या भएको छ । अज्ञात समूहको आक्रमणमा परी दुईजना घाइते भएका छन् । विराटनगर महानगरपालिका–२ मा भएको घटनामा मोरङको कटहरी गाउँपालिका–१ का २१ वर्षीय करण कामतको हत्या भएको प्रहरीले जनाएको छ ।

घटनामा कटहरीकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते भएका छन् । उनीहरुलाई घाइते अवस्थामा देखेर स्थानीय बासिन्दाले उपचारका लागि कोशी अस्पताल पुर्याएका थिए । उपचारका क्रममा कामतको मृत्यु भएको हो ।

Advertisement

घाइते दुईजनालाई थप उपचारका लागि नोवेल अस्पतालमा राति नै लगिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि कसले आक्रमण गरेको भन्ने खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!