संगालोखबर


विराटनगर । प्रतिबन्धित नोटसहित विराटनगरबाट सशस्त्र प्रहरीले भारतीय र नेपाली नागरिकलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट तीन लाख १७ हजारभारतीय रूपैयाँ बरामद भएको छ ।

प्रहरीका अनुसार विराटनगर–७ का २४ वर्षीय रोनक अग्रवाललाई भारतको जोगबनीबाट आउँदै गरेको अवस्थामा गएराति पक्राउ गरिएको हो । मोटरसाइकलमा आउँदै गरेका उनलाई जाँच गर्दा ५ सय दरका ४ सयवटा भारतीय नोट बरामद भएको थियो । नेपालमा ५ सयमाथिका भारतीय नोट प्रतिबन्धित छ ।

Advertisement

यसैगरी, प्रतिबन्धित भारतीय नोटसहित भारतको भागलपुर सोनापट्टीका ३६ वर्षीय गौतमकुमार केडियालाई प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट करिब एक लाख १७ हजार भारतीय रुपैयाँ बरामद गरिएको छ ।

उनको साथबाट पाँच सय दरका १८१, दुई सय दरका ६०, सय दरका एक सय १५, ५० दरका ४० थान, २० दरका ३६ र १० दरका ४० थान भारतीय नोट बरामद गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!