संगालोखबर

धनकुटा । वर्षासँगै आएको बाढी र पहिरोका कारण कोशी राजमार्गको धरान-धनकुटा सडक खण्ड अवरुद्ध भएको छ । धनकुटाको साँगुरीगढी-६ फेदीमा पहिरो खसेपछि आज बिहान करिब ८ बजेबाट सडक अवरुद्ध भएको हो ।

Advertisement

अविरल वर्षाका कारण फेदीमा पहिरो खसेर सडक अवरुद्ध हुँदा सवारी आवतजावत बन्द भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । ‘फेदीमा पहिरो खसेको छ, यहाँ आसपासका खोलाहरूमा बाढी आएर लेदोसहितको ढुङ्गामाटोले सडक ढाकेको छ,’ डीएसपी महर्जनले संगालोखबरसँग भने, ‘प्रहरी टोली घटनास्थल पुगेर पहिरो पन्साउने प्रयास भइरहेको छ । पानी परिरहेकाले समस्या भएको छ ।’

लेउती खोलाको पुलदेखि घण्टेसम्म विभिन्न स्थानमा सडक अवरुद्ध छ । गर्जुवा खोलामा आएको बाढीका कारण ढुङ्गा, माटोसहितको लेदोले सडक ढाकेको छ । खरानेसहित अन्य खोलाको बाढीले पनि सडक अवरुद्ध बनेको छ ।

सडक अवरुद्ध हुँदा सो क्षेत्रमा दर्जनौं सवारी साधन रोकिएर बसेका छन् । सयौँ यात्रु बिच बाटोमै अलपत्र परेका छन् ।  

धनकुटामा गएरातीदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण बाढी आउँने र पहिरो खस्ने क्रम चलिरहेकाले सडक खुलाउँन समस्या भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!