संगालोखबर
फाइल तस्वीर

धनकुटा । धनकुटा र मोरङबाट प्रहरीले लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । धनकुटाको साँगुरीगढी–९ का २६ वर्षीय लक्ष्मण राईलाई १२ किलो गाँजासहित पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार को १९ प ९८७७ नम्बरको मोटरसाइलमा राखेर उक्त परिमाणको गाँजा लैजाने क्रममा उनलाई पक्राउ गरिएको हो ।

Advertisement

यसैगरी, मोरङको लेटाङस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले लेटाङ नगरपालिका–६ का ३२ वर्षीय अभिषेक मगर र २४ वर्षीय बाराक लिम्बुलाई ५ ग्राम ९४ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!