हमासले इजरायलमा गरेको आक्रमणमा सुनसरीका स्वर्णकारसहित १० नेपालीको मृत्यु

हमासले इजरायलमा गरेको आक्रमणमा सुनसरीका स्वर्णकारसहित १० नेपालीको मृत्यु

विराटनगर । प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले शनिवार इजरायलमाथि गरेको आक्रमणमा परी सुनसरीका राजेशकुमार स्वर्णकारसहित कम्तिमा १० नेपालीको मृत्यु भएको छ । आक्रमणमा परी १० नेपालीको मृत्यु भएको पुष्टि भएको र बाँकी विवरण सङ्कलनको काम भइरहेको इजरायलस्थित नेपाली दुतावासले जनाएको छ । दुतावासका अनुसार मधुवान–१, सुनसरीका स्वर्णकारसहित सपही–६, धनुषाका आनन्द साह, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, कैला...
सुनसरीमा दाइजोको निहुँमा श्रीमतीको हत्या गरेको आरोप, श्रीमान पक्राउ

सुनसरीमा दाइजोको निहुँमा श्रीमतीको हत्या गरेको आरोप, श्रीमान पक्राउ

सुनसरी । दाइजोको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले सुनसरीको इनरुवा–३ का नागेन्द्र भगतलाई पक्राउ गरेको छ । थप दाइजो नल्याएको निहुँमा श्रीमती २३ वर्षीया निकिता चौधरीको हत्या गरेको आरोपमा ३२ वर्षीया नागेन्द्रलाई प्रहरीले पक्राउ गरेको हो । शनिवार राती करिब ९ बजे श्रीमानसँग झगडा भइरहेको भन्दै निकिताले आमालाई जानकारी गराएकी थिइन् । फोन सम्पर्क भएको करिब ढेढ घण्टापछि निकिताले झुन्डिएर आत्म...
तेह्रथुमको म्याङलुङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

तेह्रथुमको म्याङलुङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका–१० मा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । म्याङलुङबाट जिरीखिम्तीतर्फ जाँदै गरेको को.१४ प ८९२ नम्बरको मोटरसाइकल आइतबार साँझ दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक म्याङलुङ नगरपालिका–८ का २२ वर्षीय संगम तामाङ र पछाडि सवार सोही स्थानका २५ वर्षीय सविन लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा तामाङ र लिम्बू गम्भीर घाइते भएक...
तेह्रथुममा लडेर एक जनाको मृत्यु

तेह्रथुममा लडेर एक जनाको मृत्यु

तेह्रथुम । तेह्रथुममा आज अपरान्ह लडेर एक जनाको मृत्यु भएको छ । लालीगुराँस नगरपालिका–८ सुङनाममा लडेर स्थानीय ४८ वर्षीय पदमबहादुर लिम्बुको मृत्यु भएको हो । उनी गाउँबाट बोरामा आलु बोकेर घर फर्किदै थिए । सोही क्रममा चिप्लिएर सडकबाट करिब ८ मिटर तल खसेका हुन् । खोलामा झरेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
तेह्रथुममा करेन्ट लागेर वृद्धाको मृत्यु

तेह्रथुममा करेन्ट लागेर वृद्धाको मृत्यु

तेह्रथुम । तेह्रथुममा करेन्ट लागेर आज बिहान एक वृद्धाको मृत्यु भएको छ । आफ्नै घरमा करेन्ट लाग्दा म्याङलुङ नगरपालिका–३ नागदहकी ८४ वर्षीया बाटुलीदेवी विश्वकर्माको मृत्यु भएको हो । घरको मूल ढोका खोल्ने क्रममा उनलाई अचानक करेन्ट लागेको बताइएको छ । करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
ताप्लेजुङमा छोराद्वारा आमाको हत्या

ताप्लेजुङमा छोराद्वारा आमाको हत्या

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ फाकुम्बामा आज छोराले आमाको हत्या गरेका छन् । बिहान करिब १० बजे स्थानीय ३३ वर्षीय डिल्लीकुमार लिम्बुले आमा ६३ वर्षीया धनमाया लिम्बुको हत्या गरेका हुन् । डिल्लीकुमारले बाम्फोकले हान्दा आमा धनमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि साँघु प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल गएको थियो । प्रहरीले डिल्लीकुमारलाई नियन्त्रणम...
पाँचथरमा स्कुटर दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते

पाँचथरमा स्कुटर दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते

पाँचथर । पाँचथरको फिदिममा आज बिहान श्रीमानले चलाएको स्कुटर दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ । श्रीमान घाइते छन् । नाँगीनदेखि फिदिम आउँदै गरेको प्रदेश ०१-०३-००१ प ५२७१ नम्बरको स्कुटर बिहान ७ः३० बजे फिदिम–११ स्थित फेवादिनमा दुर्घटना भएको हो । दुर्घटनामा परी फिदिम १ की ६५ वर्षीया मायादेवी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी, ७० वर्षीय श्रीमान हेमकुमारले चलाएको स्कुटरको पछाडि बसेकी ...
संखुवासभामा बाढीको वितण्डाः एक जनाको मृत्यु, १८ जना बेपत्ता

संखुवासभामा बाढीको वितण्डाः एक जनाको मृत्यु, १८ जना बेपत्ता

संखुवासभा । बर्षासँगै आएको बाढीले बगाउँदा संखुवासभामा एक जनाको मृत्यु भएको छ । १८ जना बेपत्ता भएका छन् भने तीन जना घाइते छन् । भौतिक क्षतिको विवरण संकलन भइरहेको छ । हेँवा खोलामा आएको बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका–५ मा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको पहिचान हुन बाँकी छ । चैनपुर–४ पेङ्कोट र पाँचखपन–९ मा पहिरोले खोला थुनिएर आएको बाढीले वितण्डा मच्चाएको हो । चैनप...
ताप्लेजुङमा स्कारपियो दुर्घटना हुँदा बालकको मृत्यु

ताप्लेजुङमा स्कारपियो दुर्घटना हुँदा बालकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा स्कारपियो दुर्घटना हुँदा आज एक बालकको मृत्यु भएको छ । फुङ्लिङ नगरपालिका–६ मा मे १ च ७३५३ नम्बरको स्कारपियो दुर्घटना हुँदा स्थानीय सागर गुरुङका पाँच वर्षीय छोरा अंशुमनको मृत्यु भएको हो । गुम्बाबाट फुङ्लिङ बजारको पराजुली चोकतर्फ आउँदै गरेको स्कारपियो बिहान करिव साढे ८ बजे गुम्बा नजिक दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका अंशुमनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो...
उदयपुरमा चट्याङ लागेर बालकको मृत्यु

उदयपुरमा चट्याङ लागेर बालकको मृत्यु

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१२ स्थित चिलाउनेमा चट्याङ लागेर आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय निमा तामाङका १२ वर्षीय छोरा खड्गबहादुर छन्‌ । तामाङ दिउँसो गोठमा बसिरहेको अवस्थामा वर्षासँगै चट्याङ परेको थियो । चट्याङ लाग्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । गएराती खाम्लुङको दोभान बजारदेखि ढुङ्गे साँघुतर्फ जाँदै गरेको को २ त ७८७७ नम्बरको ट्याक्टर आठराई त्रिवेणी गाउँपालिका र मैवाखोला गाउँपालिकाको सिमाना सुन्तले नजिक देवीखोल्सामा दुर्घटना भएको हो । दुर्घटनामा परी ट्याक्टरका सहचालक फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम सिँवाका २० वर्षीय सन्दीप तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रह...
तेह्रथुममा आगोले जलेर आमा-छोराको मृत्यु, सात जना घाइते

तेह्रथुममा आगोले जलेर आमा-छोराको मृत्यु, सात जना घाइते

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका–३ पञ्चकन्यामा बिहिबार दिउँसो आगोमा जलेर आमा-छोराको मृत्यु भएको छ । आगो निभाउने क्रममा सात जना घाइते भएका छन् । बनमा लागेको आगो बस्तीमा पस्दा जलेर स्थानीय ५० वर्षीया दिलकुमारी भुजेल र उनका छोरा १४ वर्षीय भुपेन्द्रको मृत्यु भएको तेह्रथुमका प्रहरी प्रमुख डीएसपी राजन चापागाँईले जानकारी दिए । ‘आगोमा जलेर आमा-छोराको मृत्यु भएको छ, घाइतेलाई उपचारका लागि पठाएका छौं,...
सुनसरीलाई हराउँदै झापा पुग्यो सेमिफाइनलमा

सुनसरीलाई हराउँदै झापा पुग्यो सेमिफाइनलमा

धनकुटा । झापा फुटबल क्लब सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । धनकुटाको टुँडिखेलमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा राष्ट्रिय जागृति फुटबल क्लब सुनसरीलाई ट्राइबेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै झापाले सेमिफाइनलको यात्रा तय गरेको हो । निर्धारित समयमा दुई/दुई गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । झापालाई जित दिलाउन रोजिन माझी, टेकेन राना मगर, संयोग मग...
संखुवासभाको मनकामना मन्दिर (तस्वीर)

संखुवासभाको मनकामना मन्दिर (तस्वीर)

संखुवासभाको खाँदबारी नगरपालिका–९ स्थित अरुण नदी किनारमा रहेको मनकामना मन्दिरमा पुजा गर्दै भक्तजनहरू । तस्वीर: कविन्द्र भण्डारी
संखुवासभामा हेलिकप्टर दुर्घटना

संखुवासभामा हेलिकप्टर दुर्घटना

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका–४ सिप्ररुङमा हेलिकप्टर दुर्घटनामा भएको छ । हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको सिम्रिक एयरको हेलिकप्टर दिउँसो करिब १ बजे सिप्ररुङको हम्मरेडाँडामा दुर्घटना भएको हो । सिप्ररुङमा हेलिकप्टर खसेको जानकारी आएपछि प्रहरी टोली त्यसतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता प्रहरी निरीक्षक सरोज खनालले संगा...
ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु, पाँचथरमा ५४ भेडा मरे

ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु, पाँचथरमा ५४ भेडा मरे

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गएराती चट्याङ पर्दा स्थानीय ६० वर्षीय श्रीप्रसाद कडरियाको मृत्यु भएको हो । घरमै बसिरहेका बेला चट्याङ लागेर कडरियाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारीपछि इलाका प्रहरी कार्यालय तेल्लोकबाट गएको प्रहरी टोलीले मृतकको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको छ । केही दिनअघि पनि चट्याङ लागे...
पाँचथर पुगेर ओलीले भने, ‘सडकमा उफ्रिदैंमा कोशी नाम परिवर्तन हुँदैन’

पाँचथर पुगेर ओलीले भने, ‘सडकमा उफ्रिदैंमा कोशी नाम परिवर्तन हुँदैन’

पाँचथर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा उफ्रेकै भरमा ‘कोशी प्रदेश’ नाम परिवर्तन नहुने दावी गरेका छन् । पाँचथरको फिदिममा शनिवार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । आन्दोलनबाट कुनैपनि हालतमा प्रदेशको नाम परिवर्तन नहुने भन्दै उनले नाम परिवर्तन गर्ने भए चुनावमा दुई तिहाइ मत ल्याउन चुनौति दिए । ‘सडकमा उफ्रिदैमा नामकरण परिवर्त...
ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता

ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता

ताप्लेजुङ । संस्कृति र परम्परा संरक्षण गर्न ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता आयोजना गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल पर्यटन बोर्डको सहकार्यमा ताप्लेजुङको फुङ्लिङमा जारी औद्योगिक, कृषि तथा पर्यटन मेलामा टपरी गाँस्ने प्रतियोगिता गरिएको हो । प्रतियोगितामा दुई पुरुष र ४८ महिला सहभागि भएका छन् । उनीहरूले सालको पातलाई बाँसको सिन्काले गाँसेर टपरी बनाएका हुन् । विवाह, व्रतबन्ध,...
पाथिभरा दर्शन गरेर फर्कदै गर्दा पाँचथरमा कार दुर्घटना, छोरीको मृत्यु, परिवारका तीन घाइते

पाथिभरा दर्शन गरेर फर्कदै गर्दा पाँचथरमा कार दुर्घटना, छोरीको मृत्यु, परिवारका तीन घाइते

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–३ कान्छिदोकानमा गएराती कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । ताप्लेजुङको पाथिभरा मन्दिर दर्शन गरेर फर्कदै गर्दा झापाको बिर्तामोडका राजु भुजेलको परिवार सवार प्रदेश १–०१–००१–च ९३४९ नम्बरको कार राती करिब ९ बजे मेची राजमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा परी बिर्तामोड–१ का राजुकी १८ वर्षीया छोरी रश्मिको मृत्यु भएको जिल्ला प्रहरी कार...
तमोर करिडोरको धनकुटा–पाँचथर सडकखण्डमा कालोपत्रेको काम थालियो

तमोर करिडोरको धनकुटा–पाँचथर सडकखण्डमा कालोपत्रेको काम थालियो

धनकुटा । तमोर करिडोरको धनकुटा–पाँचथर सडकखण्डमा कालोपत्रेको काम थालिएको छ । धनकुटाको मूलघाटदेखि पाँचथरको गणेशचोकसम्मको सडकखण्डमा कालोपत्रेको काम सुरु भएको हो । सो सडकखण्ड ११० किलोमिटर छ । जसमध्ये मूलघाटदेखि हाङठुवासम्म ६६ किलोमिटर क्षेत्रलाई पहिलो र हाङठुवादेखि गणेशचोकसम्म ५४ किलोमिटरलाई दोस्रो खण्ड मानेर काम थालिएको हो । रौतहा क्षमादेवी (जेभी) निर्माण कम्पनीले पहिलो खण्डको सडक कालोपत्रे गर्ने ज...
ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर भूकम्प

ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर भूकम्प

विराटनगर । ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रबिन्दु बनाएर बिहान ४ः३० बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ४.८ म्याग्निच्युडको भूकम्प मापन भएको छ । ताप्लेजुङसहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । हालसम्म भूकम्पबाट क्षति भएको विवरण प्राप्त भएको छैन ।
ताप्लेजुङको टिपताला नाका तीन वर्षदेखि बन्द, सीमावर्ती क्षेत्रका बासिन्दालाई समस्या

ताप्लेजुङको टिपताला नाका तीन वर्षदेखि बन्द, सीमावर्ती क्षेत्रका बासिन्दालाई समस्या

ताप्लेजुङ । कोरोना सङ्क्रमण फैलिएदेखि बन्द भएको ताप्लेजुङस्थित टिपताला नाका अझै खुलेको छैन । चीनको तिब्बतसँग सीमा जोडिएको उत्तरी टिपताला नाका तीन वर्षदेखि बन्द छ । कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै चीनले नाका बन्द गराएको थियो । लामो समयदेखि नाका बन्द हुँदा सीमा नजिक बसोबास गर्ने नागरिकलाई समस्या भएको छ । सीमा नजिकका ओलाङ्चुङगोला, याङ्मा, घुन्सा लगायत ठाउँका बासिन्दालाई बढी समस्यामा भएको छ । यहा...
सुनसरीमा आधा गाडिएको अवस्थामा किशोरको शव फेला

सुनसरीमा आधा गाडिएको अवस्थामा किशोरको शव फेला

सुनसरी । सुनसरीको कोसी गाउँपालिका–२ पश्चिम कुशाहामा एक किशोरको हत्या भएको छ । कोसी–२ का १६ वर्षीय रञ्जितकुमार यादवको हत्या भएको हो । बुधबार उनको शव गाउँ नजिकैको आलु खेतमा आधा गाडिएको अवस्थामा फेला परेको थियो । उनी मंगलबार दिउँसो घरबाट लौकही गएदेखि हराइरहेका थिए । बुधबार स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् । मृतकको शरीरमा घाउचोट र घाँटी बटारिएको डाम भेटिएकाले हत्या गरेर फालिएको हु...
खोटाङमा मृतकको नाममा भत्ता वितरण गर्ने ३ जना वडा सचिवविरुद्ध मुद्दा

खोटाङमा मृतकको नाममा भत्ता वितरण गर्ने ३ जना वडा सचिवविरुद्ध मुद्दा

खोटाङ। मृत्यु भइसकेका मानिसको नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको आरोपमा तीन जना वडा सचिवविरुद्ध मुद्दा दायर गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तत्कालीन वडा सचिवहरुविरुद्ध मुद्दा दायर गरिएको हो । वडा नम्बर–४ का तत्कालीन वडा सचिव मोहन प्रसाद आचार्यसहित ३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । सोमबार आयोगले तत्कालीन वडा सचिवहरू ...
उदयपुरमा करेन्ट लाग्दा श्रीमतीको मृत्यु, श्रीमान घाइते

उदयपुरमा करेन्ट लाग्दा श्रीमतीको मृत्यु, श्रीमान घाइते

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१५ स्थित ज्यामिटारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २८ बर्षीया पार्वती बिश्वकर्मा छिन् । आफ्नै बारीमा कोदो टिप्ने क्रममा विजुलीको पोलमा छुदा उनलाई करेन्ट लागेको थियो । करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । करेन्ट लागेको अवस्थामा श्रीमतीलाई बचाउन खोज्दा उनका श्रीमान रुपेश घाइते भएका ...
उदयपुरमा बोलेरो दुर्घटनाः एक जनाको मृत्यु, ५ घाइते

उदयपुरमा बोलेरो दुर्घटनाः एक जनाको मृत्यु, ५ घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१० पालसिंहस्थित भित्री सडकखण्डमा बोलेरो दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । बिहान रुपाटारबाट कटारीतर्फ आउँदै गरेको प्रदेश २–०१–००१ च ००५० नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा ताप्ली गाउँपालिका–१ का ६५ वर्षीय मिनबहादुर सार्की, ताप्ली–२ का ३० वर्षीय फडिन्द्र श्रेष्ठ, ७ वर्षीय भवानी श्रेष्ठ, २ वर्षीया भूमिक...
खोटाङका पेमा ६ महिनादेखि सम्पर्कविहीन

खोटाङका पेमा ६ महिनादेखि सम्पर्कविहीन

खोटाङ । मजदुरीको सिलसिलामा मनाङ पुगेका खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका पेमा तामाङ सम्पर्कविहीन बनेका छन् । काम खोज्दै गत ४ चैत २०७८ मा मनाङको पिसाङमा पुगेका ३९ वर्षीय तामाङ गत १० जेठदेखि सम्पर्कविहीन बनेका हुन् । पेमा गाउँकै दाजुपर्ने दोर्जे भनिने धनबहादुर तामाङसँग मनाङ गएका थिए । गत १० जेठ २०७९ सम्म श्रीमती निर्मला तामाङसँग सम्पर्कमा रहेका पेमा रहस्यमय तरिकाले बेपत्ता भएका हुन् । धनबह...
खोटाङ अस्पतालले एक्सरे बन्द गर्दा बिरामीलाई समस्या

खोटाङ अस्पतालले एक्सरे बन्द गर्दा बिरामीलाई समस्या

खोटाङ । कर्मचारी बिदामा गएको भन्दै जिल्ला अस्पताल खोटाङले एक्सरे सेवा बन्द गर्दा बिरामीको उपचारमा समस्या भएको छ । अस्पतालमा कार्यरत दुई जना रेडियोग्राफर नै बिदामा गएको भन्दै अस्पतालले एक्सरे सेवा बन्द गरेको हो । एक जना रेडियोग्राफर बुबाको उपचारका लागि भारत गएको र अर्का रेडियोग्राफर पारिवारिक समस्याका कारण बिदा बसेकाले पाँच दिनका लागि एक्सरे सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । अस्पतालले सूचना...
विराटनगर–ताप्लेजुङ गरियो परीक्षण उडान

विराटनगर–ताप्लेजुङ गरियो परीक्षण उडान

विराटनगर । नियमित उडान बन्द भएको १४ बर्षपछि बिहीबार विराटनगर–ताप्लेजुङ परीक्षण उडान गरिएको छ । नेपाल वायु सेवा निगमले प्रदेश राजधानी विराटनगर र ताप्लेजुङबीचको परीक्षण उडान गरेको हो । काठमाडौंबाट आएको जहाजले ताप्लेजुङ–विराटनगर–ताप्लेजुङ उडान गरेको छ । परीक्षण उडान गरिएपनि अब नियमित उडानको भने टुंगो लागेको छैन । ताप्लेजुङमा २०३२ सालमा विमानस्थल निर्माण भएको हो । त्यसयता २०६५ सालसम्म विराटनगर–ताप्...
सुनसरी-२ मा एमाले नेता भीम आचार्य बिजयी

सुनसरी-२ मा एमाले नेता भीम आचार्य बिजयी

सुनसरी । सुनसरी–२ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका नेता भीम आचार्य बिजयी भएका छन् । कांग्रेसका सीताराम महतोलाई ५ हजार ९ सय ५० मतान्तरले पराजित गर्दै नेता आचार्य बिजयी भएका हुन् । एमालेका आचार्यले ३२ हजार ८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका महतोले २६ हजार ५८ मत पाएका छन् ।
तेह्रथुममा भोट हाल्न गएका बृद्धको मतदान केन्द्रमै मृत्यु

तेह्रथुममा भोट हाल्न गएका बृद्धको मतदान केन्द्रमै मृत्यु

तेह्रथुम । तेह्रथुममा मतदान गर्न गएका एक बृद्धको मतदान केन्द्रमै मृत्यु भएको छ । लालिगुराँस नगरपालिका ८ सोल्मास्थित रत्न माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा भोट हाल्न पुगेका स्थानीय ८८ वर्षीय योङहाङ दीप लिम्बूको मृत्यु भएको हो । उनी मतदान केन्द्रको गेटमै बेहोस भएर लडेका थिए । उनको मृत्युको कारण खुलेको छैन । उनी उक्त रक्तचापका बिरामीसमेत रहेको बताइएको छ ।
error: Content is protected !!