संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको बुढीगङ्गा गाउँपालिका–२ मा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा १६ वर्षीय आकाश ऋषिदेव छन् ।

घरनजिकै रहेको बस्ता खोलाबाट खेतीका लागि पानी तान्न जडान गरिएको विद्युतीय मोटर पम्पसेट चलाउने क्रममा उनलाई हिजो साँझ करेन्ट लागेको थियो ।

Advertisement

गम्भीर घाइते भएका ऋषिदेवलाई उपचारका लागि विराट टिचिङ अस्पताल लागिएको थियो । त्यहाँ चिकित्सकले जाँच गरेपछि उनको मृत्यु भइसकेको जानकारी दिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!