संगालोखबर

भोजपुर । साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन इर्खुवा खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका दुवैजना मजदुर मृत अवस्थामा भेटिएका छन् । उनीहरूको शव पोस्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाउने तयारी गरिएको छ ।

Advertisement

दुवै मजदुरको शव सङ्खुवासभास्थित अस्पतालमा पुर्‍याइएको छ । सङ्खुवासभाको  प्रहरी नायब उपरीक्षक (डीएसपी) घनश्याम श्रेष्ठका अनुसार सनाखत भइसकेकाले अब शवको पोस्टमार्टमपछि आफन्तलाई बुझाइने छ ।

गत मंगलबार राति आएको बाढीले बगाउँदा निर्माणाधीन इखुवा जलविद्युत आयोजनामा कार्यरत मजदुर बर्दियाको बारबर्दिया नगरपालिका–५ का रमेश थारु र श्यामकुमार थारूको मृत्यु भएको हो ।

बाढीमा परेका रामकिसन थारूको भने उद्धार गरिएको थियो । बाढीले बगाएर घाइते अवस्थामा उद्धार गरिएका रामकिसनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!