संगालोखबर
सांकेतिक तस्वीर

पाँचथर । प्राङबुङस्थित कालिका माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत विद्यार्थीको खोलामा डुबेर मृत्यु भएको छ । फालेलुङ–५ खेदोक निवासी बालकृष्ण राईका ११ वर्षीय छोरा दीप राईको खेदोक खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरबाट स्कुल जान भनेर हिँडेका उनलाई हिजो अपराह्नतिर खोलामा तैरिरहेको अवस्थामा देखेपछि स्थानीय बासिन्दाले प्रहरीमा खबर गरेका थिए । राईको सर्ट र स्कुल जाँदा प्रयोग गर्ने झोला नदी किनारमा भेटिएको थियो ।

Advertisement

प्रहरीका अनुसार उनको शव पाँचथर जिल्ला अस्पतालमा ल्याएर पोस्टमार्टम गरी आफन्तलाई बुझाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!