संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा आज अपराह्‍न भएको सवारी दुर्घटनामा एकजना वृद्धको मृत्यु भएको छ । मृतकका छोरा घाइते भएका छन् ।

टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार मोरङको केराबारी गाउँपालिका–९ का ६९ वर्षीय रामबहादुर मगरको मृत्यु भएको हो । मोटरसाइकल चलाइरहेका उनका छोरा २२ वर्षीय रञ्जित मगर घाइते भएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार उनीहरु चढेको प्रदेश १–०२–०४२ प ८१७२ नम्बरको मोटरसाइकल अगाडि गइरहेको प्रदेश १–०२–००१ ख ९८८३ नम्बरको बसमा ठोक्किएको थियो । त्यही बेला पछाडि आइरहेको ना १ क ६१६७ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार ठक्करले दुवैजना घाइते भएका थिए । उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल ल्याइएका उनीहरूमध्ये रामबहादुरको मृत्यु भइसकेको चिकित्सकले जानकारी दिएका थिए ।

घाइते रञ्जितको उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले दुर्घटनामा परेका तीनैवटा सवारी साधन तथा बसका चालक उर्लाबारी–४ का राजकुमार बिकलाई नियन्त्रणमा लिएको छ । टिपर चालक भने फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!