संगालोखबर

धनकुटा । धनकुटाको गोकुण्डेश्वर माध्यमिक विद्यालयमा भएको वक्तृत्वकला प्रतियोगितामा छात्रा सम्झना पौडेल प्रथम भएकी छन् । प्राज्ञिक विद्यार्थी नेपाल गोकुण्डेश्वर एकाइले ‘विद्यार्थी वर्तमानका हिस्सेदार भविष्यका कर्णधार’ विषयमा वक्तृत्वकला प्रतियोगिता गरेको हो ।

Advertisement

प्रतियोगितामा अरुलाई उछिन्दै कक्षा ११ की छात्रा पौडेल प्रथम भएकी हुन् । प्रतियोगितामा अपेक्षा काफ्ले द्वितीय र कमल पौडेल तृतीय भए । उनीहरु पनि कक्षा ११ मै अध्ययनरत हुन् ।

विद्यार्थीहरूलाई रचनात्मक गतिविधिमा सक्रिय बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको परिषद्का कोशी प्रदेश सचिव जितेन लोहारले जानकारी दिए । उनका अनुसार प्रदेशका अन्य स्थानमा पनि यस्ता प्रतियोगिता आयोजना गर्ने क्रम चलिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!