संगालोखबर
फाइल तस्वीर

धनकुटा । एक वर्षको अवधिमा धनकुटाबाट लागूऔषधसहित २७ जना पक्राउ परेका छन् । आर्थिक वर्ष २०८०/०८१ मा गाँजा र खैरो हिरोइनसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

२०८० साउनदेखि २०८१ असार मसान्तसम्मको अवधिमा प्रहरीले गाँजाका १७ वटा र खैरो हिरोइनका ३ वटा मुद्दा दर्ता गरेको छ । पक्राउ परेकाहरूको साथबाट १ हजार ५ सय ९५ किलो ६५ ग्राम गाँजा र ३ ग्राम १ सय ८० मिलिग्राम खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

पक्राउ पर्नेहरू १८ वर्ष माथिका छन् । ६० वर्षभन्दा माथिका व्यक्ति पनि लागूऔषधसहित समातिएका छन् । १८ देखि ४० वर्षका २१ जना, ४१ देखि ६० वर्षका ५ जना र ६० वर्षमाथिका १ जना पक्राउ परेका छन् ।

चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिनामै पनि लागूऔषधसहित तीन जना पक्राउ परिसकेका छन् । उनीहरूको साथबाट १०० ग्राम गाँजा र ९३५ मिलिग्राम खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!