संगालोखबर

विराटनगर । राजनीतिक दलले अपाङ्गता भएका व्यक्तिहरूको सार्थक एवं प्रभावकारी सहभागिता तथा प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिइएको छ । नेत्रहीन युवा सङ्घ मोरङले विराटनगरमा गरेको अन्तरक्रियाका सहभागीले प्रभावकारी सहभागितामा जोड दिएका हुन् ।

Advertisement

कार्यक्रममा दलहरूमा अपाङ्गता भएका व्यक्तिको सार्थक एवं प्रभावकारी सहभागिता तथा प्रतिनिधित्व हासिल गर्ने, पहुँचयुक्त निर्वाचन प्रणालीमार्फत मताधिकार उपयोग गर्ने र राज्यका निकायमा अपाङ्गता भएका समुदायको उचित प्रतिनिधित्व सुनिश्चित गर्न माग गरियो ।

सङ्घका कार्यक्रम अधिकृत जीवन आचार्यले अपाङ्गता भएका व्यक्तिलाई राज्यले भूमिका दिन नसकेको बताउँदै अपाङ्गता भएका व्यक्तिका साना सवालहरूमा पनि राज्यले ध्यान दिनुपर्ने उल्लेख गरे ।

राज्यले अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक सहभागिता तथा प्रतिनिधित्वलाई सङ्कुचित गरेका कारण मौजुदा निर्वाचन सम्बन्धी कानुनमा तत्काल संशोधन आवश्यक रहेको उनको भनाइ छ ।

उनले विभिन्न प्रयोजनले गरिने टिकाटिप्पणीमा अपाङ्गता भएका व्यक्तिहरूको मर्यादामा आँच आउनेगरी आलङ्कारिक शब्दहरूको प्रयोग हुने गरेकाले यसलाई पनि तत्काल बन्देज गर्नुपर्ने बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!