आफैंलाई आगो लगाएका विराटनगरका कामतको उपचारका क्रममा मृत्यु
विराटनगर । पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाएका विराटनगरका ३९ वर्षीय पवनकुमार कामतको मृत्यु भएको छ । जलेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो ।
कामतले विराटनगर–७ मा मंगलबार बेलुका शरीरमा पेट्रोल खन्याएर आफैंलाई आगो लगाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । आगोले शरीरको करिब ७० प्रतिशत भाग जलेका कामतको कोशी अस्पतालमा उपचार भइरहेको थियो ।
...





























