संगालोखबर

विराटनगर । मोरङको सुनबर्सीमा धारिलो हतियार प्रहारबाट दम्पती घाइते भएका छन् । सुनबर्सी नगरपालिका–६ मा स्थानीय ४२ वर्षीय रमेश साह र उनी श्रीमती प्रमिला साहमाथि गएराति धारिलो हतियार दाउ प्रहार भएको प्रहरीले जनाएको छ ।

Advertisement

भतिजा पर्ने २५ वर्षीय राजु साहले उनीहरूमथि आक्रमण गरेको प्रहरीको भनाइ छ । पूजा कोठाको माटो निकालेको विषयमा विवाद हुँदा दम्पतीमाथि आक्रमण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

उनीहरूको हात सहित शरीरका अन्य भागमा चोट लागेको छ । घाइते दुवैको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । आक्रमण गर्ने राजु फरार रहेकाले खोजी भइरहेको डीएसपी बस्नेतले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!