संगालोखबर
फाइल तस्वीर

विराटनगर । उपचारका लागि अस्पताल लगिएका जिल्ला कारागार मोरङका एकजना कैदी अस्पतालबाटै फरार भएका छन् । विराटनगर महानगरपालिका–८ घर भएका २४ वर्षीय मोहमद अहमद आज बिहान फरार भएका हुन् ।

पेट दुख्ने समस्या भएपछि उनलाई उपचारका लागि दुई दिनअघि कोशी अस्पतालमा भर्ना गरिएको थियो । निगरानीका लागि राखिएका प्रहरीलाई छलेर उनी अस्पतालबाटै फरार भएका थिए ।

Advertisement

कारागारका निमित्त जेलर तुलसी पौडेलका अनुसार उनको खोजी भइरहेको छ । जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानमा रहेका प्रहरी कार्यालयबाट टोली परिचालन गरी खोजी भइरहेको जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनु्सार फरारको खोजीसँगै घटनाबारे अनुसन्धान सुरू गरिएको जानकारी दिए । कैदीको निगरानीका लागि दुईजना प्रहरी खटिएका थिए । उनीहरूको गल्तीका कारण कैद फरार भएको प्रमाणित भए कारबाही हुने उनले बताए ।

फरार भएका कैदी जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएर डेढ वर्षदेखि मोरङ कारागारमा सजाय भुक्तान गरिरहेका थिए । जिल्ला अदालत मोरङले २०७९ फागुन २९ गते १२ वर्ष कैद र ५ लाख जरिवाना हुने फैसला गरेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!