संगालोखबर

धनकुटा । श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठेमङ्गल अर्थात् घन्टाकर्ण पर्व धनकुटामा पनि मनाइएको छ । यो पर्व विशेषगरी नेवारी समुदायले परापूर्वकालदेखि मनाउँदै आएका छन् ।

Advertisement

गठेमङ्गल नाम गरेका नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप यो पर्व मनाइँदै आएको छ । हरियो नर्कट, निगालो साथै सिमलीको सेउला मिसाएर तीनखुट्टे राक्षसको स्वरुप बनाइ दोबाटो र चौबाटोमा उभ्याउने गरिन्छ ।

बिहानै उठेर स्नान, पूजापाठ गरी आ–आफ्नो घरआँगन सफा गरिन्छ । साँझमा राँको बालेर गठेमङ्गल नामक राक्षसको प्रतीकलाई घिसार्दै लैजाने चलन छ । गोपाल वंशावलीअनुसार गठेमङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रुपमा लिइने र नवविवाहित स्त्री, पुरुषले दर्शन गर्नुपर्ने परम्परा नेवारी समुदायमा छ ।

जीवनमा बाह्य र आन्तरिक बाधा र शत्रुबाट रक्षा प्राप्त गर्नुका साथै आर्थिक र भौतिक उन्नतिका लागि घन्टाकर्णको पूजा महत्वपूर्ण मानिन्छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!