संगालोखबर

विराटनगर । नेकपा एमालेले सातैवटा प्रदेशका लागि इन्चार्जहरू तोकेको छ । आज बसेको एमाले सचिवालय बैठकले कोशी प्रदेशको इन्चार्जमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका शेरधन राईलाई जिम्मेवारी दिएको छ ।

Advertisement

यसैगरी, मधेसमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पदमा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकेको छ ।

यसअघि एमालेले फरक भूगोलमा नेताहरूको जिम्मेवारी दिएकोमा त्यसलाई परिवर्तन गर्दै अहिले भूगोलका आधारमा प्रदेश इन्चार्ज बनाएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!