संगालोखबर

विराटनगर । मोरङको रङ्गेलीमा स्कुल बसको ठक्करबाट आज बिहान एकजना साइकल यात्रीको मृत्यु भएको छ । विद्यार्थी लिन जाँदै गरेको विराटनगरस्थित अरनिको स्कुलको बसले ठक्कर दिँदा धनपालथान गाउँपालिका–३ का ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको हो ।

Advertisement

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार को १ क १७०० नम्बरको बसले रङ्गेली नगरपालिका–२ मा ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका ठाकुरको मृत्यु भएको हो ।

विद्यार्थी लिनका लागि गइरहेको बस तीव्र गतिमा रहेकाले दुर्घटना भएको जनाइएको छ । बस र चालक झापाको कन्काई नगरपालिका–१ का ५७ वर्षीय इन्द्रप्रसाद मिश्रलाई इलाका प्रहरी कार्यालय रङ्गेलीको टोलीले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!