संगालोखबर
फाइल तस्बिर

सङ्खुवासभा । सङ्खुवासभामा भाइरल ज्वरो र डेङ्गुका बिरामी बढेका छन् । असार अन्तिम सातादेखि उपचारका लागि जिल्ला अस्पतालमा आउने ज्वरो र डेङ्गुका बिरामीको सङ्ख्या बढेको हो ।

जिल्ला अस्पतालका सूचना अधिकारी शेखर खत्रीका अनुसार भाइरल ज्वरो र डेङ्गुका बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि उपचार गर्ने शय्या अपुग भएको छ । बिरामीको चाप बढेसँगै भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता आएको उनले बताए ।

Advertisement

उपचारका लागि अस्पतालमा आउने अधिकांश बिरामी ज्वरो, डेङ्गु र स्क्रब टाइफसका भेटिएको जनाइएको छ । वैशाखयता स्क्रब टाइफसका १६० र डेङ्गुका २७ जना बिरामी भेटिएको अस्पताल प्रशासनले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!