संगालोखबर


सङ्खुवासभा जिल्ला सदरमुकाम खाँदबारी नगरपालिका–५ रमितेमा आठवटा घर पहिरोका कारण जोखिममा परेका छन् । गाउँमाथिबाट जमिन चिरिएर पहिरो खस्न थालेपछि स्थानीयका घर जोखिममा परेका हुन् ।

पहिरो भएको ठाउँमा दुईवटा ठूला ढुङ्गा रहेकाले पहिरोसँगै खस्ने खतरा बढेको स्थानीय बासिन्दाले बताएका छन् । गाउँमा पहिरोको जोखिम बढेको खबर पाएपछि खाँदबारी नगरपालिकाका उपमेयर महेश्वर बज्राचार्य नेतृत्वमा खाँदबारी–५ का वडाध्यक्ष टङ्कबहादुर घिमिरे र ४ का कार्यवाहक वडाध्यक्ष पवित्रा गुरुङसहितको टोलीले स्थलगत अवलोकन गरेको छ ।

Advertisement

अवलोकनपछि उपमेयर बज्राचार्यले नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट रकम विनियोजन गरी तारजाली लगाउने र पहिरोमा रहेको ढुङ्गा फुटाएर हटाउने जानकारी दिए ।

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!