संगालोखबर
जिल्ला प्रहरी कार्यालय संखुवासभा

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–११ किरिङका दुईजनालाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ । स्थानीय ३७ वर्षीय लंक तामाङ र २६ वर्षीय तुलसी जिमी पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट एउटा भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ । बन्दुक लुकाएर राखेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुमाथि निगरानी गरेको थियो ।

Advertisement

त्यस क्रममा इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले तामाङ र जिमीलाई घर नजिकै जंगलभित्र घारीमा लुकाएको अवस्थामा बन्दुक बरामद गरेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!