संखुवासभाको तुम्लिङटारमा वृद्धको शंकास्पद मृत्यु

संखुवासभाको तुम्लिङटारमा वृद्धको शंकास्पद मृत्यु

विराटनगर । संखुवासभा एक वृद्धको शंकास्पद मृत्यु भएको छ । प्रहरीका अनुसार खाँदबारी नगरपालिका-९ तुम्लिङटारमा ७२ वर्षीय मीनबहादुर कुमालको शंकास्पद मृत्यु भएको हो । उनकी श्रीमतीले प्रहरीलाई बताए अनुसार वृद्धलाई गएराति दुई जना नचिनेका मान्छेले सुतिरहेको अवस्थामा घाँटी थिचेका थिए । छिमेकी भेला हुँदा वृद्धको मृत्यु भइसकेको र अपरिचित व्यक्ति फरार भइसकेका खुलेको प्रहरीको भनाइ छ । ‘घटना शंकास्पद भएकाल...
संखुवासभामा बाख्रा चराउन गएका बालकको भीरबाट लडेर मृत्यु

संखुवासभामा बाख्रा चराउन गएका बालकको भीरबाट लडेर मृत्यु

विराटनगर । संखुवासभामा भीरबाट लडेर एक बालकको मृत्यु भएको छ । चैनपुर-९ त्रिशुलेस्थित सिंह देवीथान जंगलमा बाख्रा चराउन गएका ८ वर्षीय दिलीप भण्डारीको बिहीबार मृत्यु भएको हो । प्रहरीका अनुसार उनी त्रिशुले भीरबाट करिब १५ मिटर तल खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । शव पोस्टमार्टमका लागि चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको र घटनाका सम्बन्धमा...
संखुवासभाबाट अफिमसहित तीन जना पक्राउ

संखुवासभाबाट अफिमसहित तीन जना पक्राउ

विराटनगर । संखुवासभाको धर्मदेवी नगरपालिका-४ बाट अफिमसहित तीन जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धर्मदेवी नगरपालिका–४ का राम बहादुर अधिकारी, केशव घिमिरे र मादी नगरपालिका-६ का देवेन्द्र थापा छन् । उनीहरूको साथबाट १२ ग्राम ३ सय ९० मिलिग्राम अफिम बरामद गरेको प्रहरीले जनाएको छ । यसैगरी विराटनगर-१५ बाट सुन्दरहरैँचा नगरपालिका-...
सुनचाँदीका गहना टल्काइदिने भन्दै ठगी गर्ने दुई भारतीय पक्राउ

सुनचाँदीका गहना टल्काइदिने भन्दै ठगी गर्ने दुई भारतीय पक्राउ

विराटनगर । सुनचाँदीका गहना टल्काइदिने भन्दै ठगी गर्ने दुई भारतीय नागरिक संखुवासभाबाट पक्राउ परेका छन् । भारतको बिहार राज्य बेगुसराइ जिल्ला नावकोठीका २८ वर्षीय विवेक कुमार र तेलनी पोष्ट समस्तीपुरका ३५ वर्षीय गंगाविष्णु साहलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता प्रहरी निरीक्षक अभिषेककुमार श्रेष्ठका अनुसार उनीहरू खाँदबारी नगरपालिका-९ ढुङ्गेधाराबाट पक्राउ परेका ह...
लेक लागेर डाक्टरको मृत्यु

लेक लागेर डाक्टरको मृत्यु

विराटनगर । संखुवासभाको मकालु गाउँपालिका-२ डाँडाखर्कमा लेक लागेर डाक्टरको मृत्यु भएको छ । तनहुँ भिमाद नगरपालिका-२ घर भएका २७ वर्षीय डा. आशिष सिग्देलको शनिबार बिहान लेक लागेर मृत्यु भएको हो । मकालु बेस क्याम जाने क्रममा ४२ सय मिटरमा उनलाई लेक लागेको अनुमान गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ ।
संखुवासभाबाट जबरजस्ती करणी आरोपमा युवक पक्राउ

संखुवासभाबाट जबरजस्ती करणी आरोपमा युवक पक्राउ

संखुवासभा । संखुवासभाबाट १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा खाँदबारी नगरपालिका-८ का २५ वर्षीय नवराज कट्टेल छन् । उनलाई आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
संखुवासभामा टेम्पो चोरी गरेर फरार भएका व्यक्ति कारागार चलान

संखुवासभामा टेम्पो चोरी गरेर फरार भएका व्यक्ति कारागार चलान

विराटनगर । संखुवासभामा टेम्पो चोरी गरेर फरार भएका एक व्यक्ति पक्राउ परेका छन् ।  खाँदबारी नगरपालिका-९ का १८ वर्षीय हरि मंग्रातीलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले पक्राउ गरेको हो । मंग्रातीले गत भदौ ५ गते खाँदबारी नगरपालिका-८ विष्णेधारामा हिराधन राईले आफ्नै घरअगाडि पार्किङ गरेर राखेको को २ ह १५५० नम्बरको टेम्पो चोरी गरेको उजुरी परेको थियो । उनलाई जिल्ला अदालत संखुवासभाले गत मंसिर ९ गते तीन ...
हत्या गरेर फरार भएको २० वर्षपछि कारागार चलान

हत्या गरेर फरार भएको २० वर्षपछि कारागार चलान

विराटनगर । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् । संखुवासभाको चैनपुर नगरपालिका-९ खाम्लिङका ५१ वर्षीय चतुरमान तामाङलाई चैत ६ गते प्रहरीले पक्राउ गरेको हो । संखुवासभाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राम कुमार लामिछानेका अनुसार गाउँघरमै लुकेर बसेको अवस्थामा तामाङ पक्राउ परेका हुन् । तामाङले २०६१ चैत २२ गते भोजपुरको अरुण गाउँपालिका-४ जरायोटारका ३६ वर्षीय पर्शुराम विश्वक...
संखुवासभामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 

संखुवासभामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 

विराटनगर । संखुवासभामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । खाँदबारी नगरपालिका-९ स्थित सालघारीमा आइतबार राति आफैँ अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल पछाडि सवार प्युठान सोमद्धार नगरपालिका-१ का २६ वर्षीय एकम अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । खाँदबारीबाट तुम्लिङटारतर्फ जाँदै गरेको प्रदेश १-०२-०५३ प ८१४७ नम्बरको  मोटरसाइकल दुर्घटनामा परेको हो । ...
सङ्खुवासभाको भोटखोलामा सुख्खा पहिरो, खाँदबारी-किमाथांका सडक अवरूद्ध

सङ्खुवासभाको भोटखोलामा सुख्खा पहिरो, खाँदबारी-किमाथांका सडक अवरूद्ध

विराटनगर । सङ्खुवासभाको भोटखोलामा सुख्खा पहिरो खसेको छ । पहिरोका कारण कोशी राजमार्गअन्तर्गत खाँदबारी-किमाथांका सडक अवरुद्ध भएको छ । आज बिहान राति भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग डाँडाखण्डमा पहिरो झरेको हो । दुई स्थानमा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले बताए । ‘अहिले पहिरो हटाउने काम भइरहेको छ । ठूलो पहिरो खसेको छ दुई ठाउँमा’, अध्यक्ष भोटेले संगा...
सङ्खुवासभाको मकालुमा दक्षिणी एशियाली साहित्यिक-सांस्कृतिक महोत्सव हुँदै 

सङ्खुवासभाको मकालुमा दक्षिणी एशियाली साहित्यिक-सांस्कृतिक महोत्सव हुँदै 

विराटनगर । विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणको ७० वर्ष पुगेको अवसरमा पहिलो पटक मकालु प्लाटिनम जुबिली तथा दक्षिण एशियाली साहित्यिक-सांस्कृतिक महोत्सव हुने भएको छ । सङ्खुवासभाको मकालु गाउँपालिकाको आयोजना तथा मकालु साहित्यिक समाजको संयोजनमा हुने महोत्सवमा नेपालसहित भारत, बङ्गलादेश र भुटानका स्रष्टाहरू सहभागी हुने आयोजकले जनाएको छ । फागुन १४, १५, १६ र १७ गते मकालु गाउँपालिकाको नुम बजारमा हुने...
तीन सातापछि तुम्लिङटार विमानस्थलमा उडान

तीन सातापछि तुम्लिङटार विमानस्थलमा उडान

संखुवासभा । संखुवासभाको तुम्लिङटार विमानस्थलमा तीन सातापछि उडान भएको छ । मौसममा सुधार आएपछि आज बुद्ध एयरको ७२ सिटे जहाजले उडान भरेको हो । विमानस्थल वरिपरि बाक्लो हुस्सु लागेपछि गत माघ १४ पछि तुम्लिङटारमा उडान अवरुद्ध भएको थियो । विमानस्थलको धावनमार्ग छेउछाउका डाँडामा ढाकिएको तुवाँलो केही हटेपछि काठमाडौं-तुम्लिङटार उडान भएको हो । विमानस्थल वरिपरि कम्तीमा ५ किलोमिटर भिजिबिलिटी भएपछि उडान अनुमति ...
संखुवासभामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

संखुवासभामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । संखुवासभामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चैनपुर नगरपालिका-३ घुमाउने चौतारास्थित सडक खण्डमा प्रदेश १-०२-०४९ प ३३३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा चालक सोही नगरपालिका-२ का २१ वर्षीय रूपेश मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल धनकुटामा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा म...
सङ्खुवासभामा बोलेरो दुर्घटना हुँदा दुई जना घाइते

सङ्खुवासभामा बोलेरो दुर्घटना हुँदा दुई जना घाइते

विराटनगर । सङ्खुवासभामा बोलेरो गाडी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । आज बिहान मकालु गाउँपालिका-५ रानी ढुङ्गा स्थित कोशी राजमार्गमा नुमबाट खाँदबारीतर्फ जाँदै गरेको ग १ ज ४९७३ नम्बरको बोलेरो दुर्घटना भएको हो । दुर्घटनामा चैनपुर-५ का २४ वर्षीय जीवन अधिकारी र बोलेरो चालक खाँदबारी नगरपालिका-११ का २९ वर्षीय कविराज श्रेष्ठ घाइते भएका छन् । उनीहरूको शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाए...
संखुवासभाको बाह्रबिसेमा आगलागी हुँदा पाँच घर जलेर नष्ट 

संखुवासभाको बाह्रबिसेमा आगलागी हुँदा पाँच घर जलेर नष्ट 

विराटनगर । सङ्खुवासभाको सभापोखरी गाउँपालिका-६ स्थित बाह्रबिसे बजारमा आगलागी हुँदा पाँच घर जलेका छन् । बुधबार दिउँसो करिब सवा तीन बजे स्थानीय रामकुमार राईको भान्साघरबाट आगलागी सुरु भएको थियो । राईको भान्साघरबाट सुरुभएको आगलागीबाट अन्य घरहरू पनि पूर्ण रूपमा जलेर नष्ट भएका संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । आगलागीबाट राईको दुई तले घर, अमृता लालसिंह लिम्बु र सुशील तामाङक...
सङ्खुवासभामा फल्यो ३४ करोडको सुन्तला

सङ्खुवासभामा फल्यो ३४ करोडको सुन्तला

सङ्खुवासभा । सङ्खुवासभामा सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको छ । केही वर्ष सुन्तलाको उत्पादन कम भएपनि यसवर्ष बढेको हो ।   कृषि ज्ञान केन्द्रका अनुसार यो वर्षको ३४ करोड ८५ लाख रुपैयाँको सुन्तला बिक्री भइसकेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सुन्तला जोन लागू गरी कृषकलाई प्रोत्साहन कार्यक्रममार्फत सहयोग र्पुयाएपछि उत्पादन बढ्न थालेको हो ।  गत वर्ष १९ करो...
संखुवासभामा सुतेकै अवस्थामा मजदुर मृत भेटिए 

संखुवासभामा सुतेकै अवस्थामा मजदुर मृत भेटिए 

संखुवासभा । संखुवासभामा एक जना मृत भेटिएका छन् । खाँदबारी नगरपालिका-१ स्थित होटलमा सुतेको अवस्थामा सल्यान घर भएका अन्दाजी ३४ वर्षीय एकराज चलाउने मृत भेटिएका हुन् । संखुवासभा प्रहरीका प्रवक्ता इन्स्पेक्टर रामकुमार लामिछानेका अनुसार चलाउने हिजो मात्रै खाँदबारी आइपुगेका थिए । उनले संगालोखबरसँग भने, ‘उहाँ सडकमा काम गर्ने मजदुर हुनु हुँदो रहेछ । हिजो मात्रै समूहमा आएर होटलमा बास बस्नुभएको रहेछ । बि...
संखुवासभामा दुई जनाको मृत्यु 

संखुवासभामा दुई जनाको मृत्यु 

संखुवासभा । संखुवासभामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । सिलिचोङ-३ खड्बा खोला नजिकै तेवा भीरबाट लडेर राजन राईको मृत्यु भएको हो । भीरमा चडेर मौरीको मह काढ्ने क्रममा लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी हिजो साँझ एक सय ५० मिटर अग्लो भीरबाट लडेका थिए । यसैगरी मकालु गाउँपालिका-२ सेदुवामा एक्स्काभेटर दुर्घटना हुँदा ३० वर्षीय सुरवीर राईको घटनास्थलमै मृत्यु भएको हो । आज बिहान ...
सङ्खुवासभाको भीरमा भेटियो शव, हत्या आरोपमा एक जना पक्राउ 

सङ्खुवासभाको भीरमा भेटियो शव, हत्या आरोपमा एक जना पक्राउ 

सङ्खुवासभा । सङ्खुवासभाको चिचिला गाउँपालिका-३ का ३६ वर्षीय विकास राईको शव भीरमा भेटिएको छ । आपराधिक पृष्ठभूमिका उनको शव भीरमा भेटिएको प्रहरीले जनाएको छ । चिचिला गाउँपालिका-३ स्थित भीरबाट सडेको अवस्थामा उनको शव निकालिएको सङ्खुवासभा प्रहरीले जनाएको छ । हिजो साँझ भीरमा शव रहेको थाहा भएपनि आज बिहान मात्रै शव निकालिएको हो । घटनाको प्रकृति हेर्दा हत्या गरेर भीरबाट शव फ्याँकेको प्रष्ट हुने प्रहरीले ज...
सङ्खुवासभामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

सङ्खुवासभामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

संखुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका-५ मा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा टिपर चालक ५७ वर्षीय शैलेन्द्र प्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक महमदको मृत्यु भएको हो । हिजो साँझ अरुण तेस्रो जलविद्युत परियोजनाको ड्याम साइटमा काम सकेर फर्किने क्रममा एचपी ११-४९३३ नम्बरको भल्भो टिपर दुर्घटना भएको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । दुर्घटनामा २८ वर्षीय योगे...
काँक्रो टिपेको निहुँमा पुरुषको हत्या

काँक्रो टिपेको निहुँमा पुरुषको हत्या

विराटनगर । सङ्खुवासभामा काँक्रो टिपेको निहुँमा एक पुरुषको हत्या भएको छ । चिचिला गाउँपालिका-४ मत्स्यपोखरीकी ४२ वर्षीया दुर्गामाया गुरुङले चिचिला-४ ध्वजेका ४५ वर्षीया भिमबहादुर गुरुङको हत्या गरेकी हुन् । सङ्खुवासभा प्रहरीका अनुसार काँक्रो टिपेको विषयलाई लिएर दुई जनाबीच विवाद भएको थियो । आज दिउँसो दुर्गामायाले विवादका क्रममा भीमबहादुरलाई शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरेकी थिइन् । खुकुरी प्र...
खाँदबारी कारागारका कैदीबन्दीलाई पुस्तक हस्तान्तरण

खाँदबारी कारागारका कैदीबन्दीलाई पुस्तक हस्तान्तरण

सङ्खुवासभा । सङ्खुवासभा स्थित खाँदबारी कारागारलाई पुस्तक हस्तान्तरण गरिएको छ । साब्लाबुङ पुस्तकालय अभियानले विभिन्न विधाका पुस्तक हस्तान्तरण गरेको हो । एक लाख ५० हजार मूल्य बराबरको नौ सय थान पुस्तक कारागारमा हस्तान्तरण गरिएको अभियानका अध्यक्ष राजकुमार राईले जानकारी दिए । कैदीबन्दीमा पठन संस्कृतिको विकास होस् भन्ने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको उनले बताए । ‘शैक्षिक संस्थामा पुस्तकालय, गाउ...
सङ्खुवासभाको मायादेवी विद्यालयका विद्यार्थीलाई काठ बोकाएपछि…

सङ्खुवासभाको मायादेवी विद्यालयका विद्यार्थीलाई काठ बोकाएपछि…

धनकुटा । सङ्खुवासभाको मादी नगरपालिका-२ स्थित मायादेवी माध्यमिक विद्यालयले विद्यार्थीहरूलाई काठ बोक्न लगाएपछि सबत्र आलोचना भएको छ । पठन-पाठन प्रभावित पारेर विद्यार्थीहरूलाई काठ बोक्न लगाएको भन्दै आलोचना भएको हो । केहिदिन अगाडि विद्यालयले चार कक्षामाथिका विद्यार्थीलाई काठ बोक्न खटाएको थियो । विद्यार्थीहरूले विद्यालयका शिक्षकहरूको आग्रहमा पढाइनै छाडेर काठ बोक्न गएको बताए । पढाइ नै प्रभावित पारेर व...
संखुवासभामा कोदोबारीभित्र भेटियो बम

संखुवासभामा कोदोबारीभित्र भेटियो बम

संखुवासभा । संखुवासभाको मादी नगरपालिका-६ शिरीसेमा बम फेला परेको छ । स्थानीय भवानीप्रसाद दाहालको कोदोवारीमा ‘ह्यान्ड ग्रिनेड’ फेला परेको हो । मादी–पिलुवा सडकबाट करिब २० मिटर टाढा रहेको सो स्थानमा आज बिहान शङ्कास्पद बस्तु देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको प्रहरी टोलीले सो क्षेत्रलाई घेरेर राखी नेपाली सेनाको टोलीलाई खबर गरेको थियो । खाँदबारीबाट गएको नेपाली सेनाको टो...
सङ्खुवासभामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

सङ्खुवासभामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

विराटनगर । सङ्खुवासभाको मकालु गाउँपालिका-३ समाटारमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार खाँदबारी नगरपालिका-८ का चालक किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । आज वरुणबाट खाँदबारी आउँदै गरेको ट्याक्टर भिरबाट खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । भिरबाट खसेको ट्याक्टर अरुण न...
संखुवासभामा बसको ढोकाबाट खस्दा एक जनाको मृत्यु

संखुवासभामा बसको ढोकाबाट खस्दा एक जनाको मृत्यु

संखुवासभा । संखुवासभाको मादी नगरपालिका-९ फाविङमा बसको ढोकाबाट खस्दा एक जनाको मृत्यु  भएको छ । ओखरबोटेबाट फाविङतर्फ जाँदै गरेको को.१ ख ५१४१ नम्बरको बसबाट खस्दा स्थानीय ३२ वर्षीय भक्तबहादुर तामाङको मृत्यु भएको हो । बसमा यात्रा गरिरहेका तामाङ ढोकाबाट खसेपछि सोही बसको पछाडिको चक्काले उनलाई किचेको थियो । गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि मादी नगर अस्पताल लगिएको थियो । बिहीबार साँझ करिब ७ बजे द...
सङ्खुवासभाको खाँदबारीमा योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय राखिने

सङ्खुवासभाको खाँदबारीमा योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय राखिने

सङ्खुवासभा । सरकारले सङ्खुवासभाको खाँदबारी नगरपालिकामा योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय राख्ने निर्णय गरेको छ । भदौ १३ गते  बसेको मन्त्रिपरिषद्को बैठकले विश्वविद्यालयको केन्द्रीय कार्यालयको टुङ्गो लगाएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले केन्द्रीय कार्यालय रहने स्थान तोक्ने निर्णय गरेको हो । आयुर्वेद योग, ध्यान तथा वैकल्पिक चिकित्सा ...
तल्लो अरुण जलविद्युत आयोजना: २६८ परिवार प्रभावित हुने

तल्लो अरुण जलविद्युत आयोजना: २६८ परिवार प्रभावित हुने

सङ्खुवासभा । सङ्खुवासभामा निर्माण हुन लागेको ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट २६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् । निर्माण कम्पनी भारतको सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत् आयोजना पुर्नवास तथा पुनःस्थापनाको मस्यौदा प्रतिवेदनअनुसार उक्त आयोजना निर्माणका लागि ६५ हेक्टर जमिन अधिग्रहण गरिने छ । ‘यसबाहेक वन क्षेत्र ७० हेक्टर र सरकारी जग्गा ६ हेक्टर अधिग्रहण ...
ढुङ्गाले लागेर अरुण तेस्रो आयोजनाका मजदुरको मृत्यु

ढुङ्गाले लागेर अरुण तेस्रो आयोजनाका मजदुरको मृत्यु

संखुवासभा । मकालु गाउँपालिका–५ मा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको कार्यस्थलमा ढुङ्गा खसेर एकजना मजदुरको मृत्यु भएको छ । प्रहरीका अनुसार बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का ४९ वर्षीय तुलसीराम थारू काम गर्ने क्रममा हिजो साँझ माथिबाट झरेको ढुङ्गाले लागेर घाइते भएका थिए । उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
ड्युटीमै बेहोस भएका प्रहरीको मृत्यु

ड्युटीमै बेहोस भएका प्रहरीको मृत्यु

सङ्खुवासभा । नियमित काममा रहेका बेला लडेर बेहोस भएका सङ्खुवासभाको मङ्गलबारेस्थित प्रहरी चौकीका प्रहरी सहायक हवल्दार पुरुषोत्तम निरौलाको मृत्यु भएको छ । मादी नगरपालिका–२ मा ड्युटीमा खटिएका उनी अचानक बेहोस भएका थिए । उपचारका लागि निरौलालाई तेह्रथुमको बसन्तपुरस्थित स्वास्थ्य चौकी पुर्‍याइएको थियो । त्यहाँका स्वास्थ्यकर्मीले गएराति उनलाई मृत घोषणा गरेको सङ्खुवासभाका डीएसपी घनश्याम श्रेष्ठले जानकारी...
सङ्खुवासभामा चट्याङ लागेर एक जनाको मृत्यु

सङ्खुवासभामा चट्याङ लागेर एक जनाको मृत्यु

सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सिलिचोङ गाउँपालिका–४ मांतेवामा गएराति परेको चट्याङले स्थानीय ३४ वर्षीय तीर्थराज कटुवालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार उनको घटनास्थलमै मृत्यु भएको थियो । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
error: Content is protected !!