बाढीपहिरोले संखुवासभाका १२५ परिवार विस्थापित, दर्जनौं घरमा क्षति

बाढीपहिरोले संखुवासभाका १२५ परिवार विस्थापित, दर्जनौं घरमा क्षति

संखुवासभा । संखुवासभाका विभिन्न स्थानमा बाढीपहिरोका कारण १२५ भन्दा बढी परिवार विस्थापित भएका छन् । पहिरोले खाँदबारी नगरपालिका–११ आङ्ला गाउँका स्थानीय बासिन्दाको तीनवटा घर बगाएको छ । अन्य दर्जनौं घरमा क्षति पुगेको छ । बुधबार राति अविरल वर्षासँगै झरेको पहिरोले कोक्तिमा स्थानीय मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार ...
अरुण नदीमा पानीको बहाव बढेपछि फेरी सञ्चालन अनिश्चितकालीन बन्द

अरुण नदीमा पानीको बहाव बढेपछि फेरी सञ्चालन अनिश्चितकालीन बन्द

भोजपुर । भोजपुर र संखुवासभा जोड्ने अरुण नदीको सतिघाटमा सञ्चालित फेरी बिहिवारदेखि बन्द भएको छ । अरुण नदीमा पानीको बहाव बढेकाले जोखिम हुन सक्ने भन्दा फेरी सञ्चालन बन्द गरिएको हो । भोजपुरको षडानन्द नगरपालिका–६ र खाँदबारी–९ मा पर्ने सतिघाटस्थित अरुण नदीमा फेरी सञ्चालनमा थियो । पक्की पुल नहुँदा फेरीको मद्दतले सवारी साधनका साथै दैनिक उपभोग्य वस्तु एवं यात्रुहरुलाई तार्ने गरिएको थियो । षडानन्द नगरपाल...
चट्याङले लागेर संखुवासभामा महिलाको मृत्यु

चट्याङले लागेर संखुवासभामा महिलाको मृत्यु

संखुवासभा । चट्याङ लागेर संखुवासभाको चिचिलामा एक महिलाको मृत्यु भएको छ । चिचिला गाउँपालिका–२ आले भन्ने स्थानमा चट्याङले लागेर स्थानीय ४१ वर्षीया साबित्रा गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । खाना खाएर आगो तापिरहेको अवस्थामा बुधबार राति पानीसँगै परेको चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी अधिकृत सहितको टोली खटिएर आवश्यक कानुनी...
संखुवासभामा खोलाले बगाएर एकजनाको मृत्यु

संखुवासभामा खोलाले बगाएर एकजनाको मृत्यु

संखुवासभा । संखुवासभाको सभाखोला गाउँपालिका–१ लेब्राङमा सभाखोलाले बगाएर एकजनाको मृत्यु भएको छ । पाँचखपन नगरपालिका–३ का ३३ वर्षीय भेषराज काल्पा मगरको बगेर बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । खोलामा गाई तार्ने क्रममा उनी बगेका थिए । बगेर बेपत्ता भएका उनको खोजी गरिएको थियो । त्यस क्रममा बगाएको स्थानबाट करिब चार किलोमिटर तल रिपेनी घाटमा उनको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय संखुव...
पहिरोले संखुवासभामा तीनवटा घर बगायो

पहिरोले संखुवासभामा तीनवटा घर बगायो

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लामा पहिरोले तीनवटा घर बगाएको छ । बुधबार रातिदेखि भएको अबिरल वर्षापछि झरेको पहिरोले तीनवटा घर बगाएको हो । घटनामा एकजना घाइते भएका छन् । प्रहरीका अनुसार पहिरोले स्थानीय मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर बगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार पहिरोमा परेर मणिप्रसाद राई घाइते भएका छन् । उनको स्...
संखुवासभाको शारदा माविका तत्कालीन प्रधानाध्यापकसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा

संखुवासभाको शारदा माविका तत्कालीन प्रधानाध्यापकसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा

संखुवासभा । संखुवासभाको धर्मदेवी नगरपालिका–४ हुम्लिङमा रहेको शारदा माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक कृष्णहरि भट्टराईसहित चारजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्यालयको खानेपानी योजना निर्माणमा भ्रष्टाचार गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरिएको हो । आयोगले विद्यालयको खानेपानी र पुस्तकालय निर्माणका लागि विनियोजित बजेट अनियमितता गरेको भन्दै...
संखुवासभामा पहिरोले पुरिएर एकजनाको मृत्यु, २ घाइते

संखुवासभामा पहिरोले पुरिएर एकजनाको मृत्यु, २ घाइते

संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । पहिरोमा परी दुईजना घाइते भएका छन् । मंगलबार राति खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत आयोजनाका मजदुर बर्दियाका गङ्गाराम थारुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार मकवानपुरका उमेश कार्की र गोविन्द थारू सामान्य घाइते भएका छन् । ...
खैरो हेरोइनसहित संखुवासभाबाट भारतीय नागरिक पक्राउ

खैरो हेरोइनसहित संखुवासभाबाट भारतीय नागरिक पक्राउ

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–१ बाट खैरो हेरोइनसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको बिहार घर भएका ३० वर्षीय एमडी साहेवजान बुधबार पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार विशेष सूचनाका आधारमा साहेवजानलाई बसपार्क क्षेत्रबाट पक्राउ गरिएको हो । केही समयदेखि उनले लागूऔषधको कारोबार गरिरहेको सूचना आएको पाएको प्रहरीले ...
खोलाले बगाएर संखुवासभामा बालकको मृत्यु

खोलाले बगाएर संखुवासभामा बालकको मृत्यु

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका–२ च्यामताङका एक बालकको खोलाले बगाएर मृत्यु भएको छ । च्यामताङ घर भई हाल भोटखोला गाउँपालिका–४ स्याक्सिलागोला बजारमा बस्दै आएका नापाङ भोटेका चार वर्षीय छोरा नामायाङ भोटेको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय कृष्ण माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत भोटे छुट्टी भएपछि विद्यालय नजिकै रहेको वाङ खोलामा पौडी खेल्ने क्रममा बगेका थिए । उनी ब...
छिचोलियो अरुण-३ जलविद्युत परियोजनाको सुरुङ

छिचोलियो अरुण-३ जलविद्युत परियोजनाको सुरुङ

संखुवासभा । प्रधानमन्त्री पुष्पकमल दाहालले अरुण–३ जलविद्युत परियोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरेका छन् । अन्तिम विन्दुमा ‘ब्रेक थ्रु’ गरिएसँगै ११.८३ किलोमिटर लम्बाइको सुरुङ छिचोलिएको छ । संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङको अन्तिम भागमा विष्फोट गराइ ‘ब्रेक थ्रु’ गरिएको हो । त्यस अवसरमा प्रधानमन्त्री दाहालले ऊर्जा क्षेत्रको व...
धरान र संखुवासभामा विष्फोटक पदार्थ, बन्दुकसहित ३ जना पक्राउ

धरान र संखुवासभामा विष्फोटक पदार्थ, बन्दुकसहित ३ जना पक्राउ

विराटनगर । संखुवासभा र सुनसरीबाट विष्फोटक पदार्थ र हतियारसहित तीनजना पक्राउ परेका छन् । सुनसरीको धरान उपमहानगरपालिका–१७ सिंहदेवी सामुदायिक वनबाट भरुवा बन्दुकसहित प्रहरीले एकजनालाई सोमबार राति पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय ४० वर्षीय दरेश राई छन् । अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको टोलीले उनलाई एउटा भरुवा बन्दुक, छर्रा र बारुदसहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ...
संखुवासभामा निर्माणाधीन अरूण तेस्रो जलविद्युत् आयोजनाको सुरूङ निर्माण पूरा हुँदै

संखुवासभामा निर्माणाधीन अरूण तेस्रो जलविद्युत् आयोजनाको सुरूङ निर्माण पूरा हुँदै

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ निर्माण लगभग पूरा भएको छ । ११.८३ किलोमिटर लम्बाईको उक्त सुरुङ मंगलबार पूरै छिचोलिने भएको छ । सुरुङको अन्तिम भागमा विष्फोट गराइ ‘ब्रेक थ्रु’ गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल आउने भएका छन् । मकालु गाउँपालिकाको आम्राङस्थित अडिट–२ मा प्रधानमन्त्री दाहालले ‘ब्रेक थ्रु’ गर्ने कार...
संखुवासभामा पहिरोले स्वास्थ्य केन्द्र र निर्माणाधीन अस्पतालमा क्षति

संखुवासभामा पहिरोले स्वास्थ्य केन्द्र र निर्माणाधीन अस्पतालमा क्षति

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकामा पहिरोले एक घर, स्वास्थ्य केन्द्र र निर्माणाधीन अस्पताल पुरिएका छन् । शुक्रबारदेखिको लगातारको वर्षापछि आएको पहिरोले भोटखोला–४ स्थित सेम्बुङ गाउँमा क्षति पुर्याएको प्रहरीले जनाएको छ । स्थानीय रिदर ज्याबु भोटेको घर पहिरोमा पुरिएको जनाइएको छ । यसैगरी, पहिरोले भोटखोला–४ स्थित छोङराङमा माथिल्लो अरुण आयोजनाको पहुँच मार्गको शिविर र दुई वटा गाडी पनि पुरिएको ज...
पौडी खेल्दा डुबेर संखुवासभामा बालकको मृत्यु

पौडी खेल्दा डुबेर संखुवासभामा बालकको मृत्यु

संखुवासभा । संखुवासभाको पाँचखपनमा पौडी खेल्ने क्रममा डुबेर एकजना बालकको मृत्यु भएको छ । पाँचपखन नगरपालिका–९ स्थित अँधेरी खोलामा पौडी खेल्ने क्रममा डुबेर ती बालकको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय सुरेनकुमार राईका १३ बर्षीय छोरा सुजल राई रहेका छन् । शुक्रबार साँझ स्कुल बिदा भएपछि घर आएर उनी साथीहरुसँग पौडी खेल्न गएका थिए । त्यही क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार...
जन्मदिनमा संखुवासभाका पत्रकार पौडेलद्वारा विद्यार्थीलाई सहयोग

जन्मदिनमा संखुवासभाका पत्रकार पौडेलद्वारा विद्यार्थीलाई सहयोग

धनकुटा । संखुवासभाका पत्रकार दुर्गेश पौडलले आफ्नो जन्मदिनको अवसर पारेर विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । बिहिवार उनले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका हुन् । संखुवासभाको धर्मदेवी नगरपालिका–६ मा रहेको विश्वज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई एक वर्षभर पुग्ने शैक्षिक सामग्री वितरण गरेका थिए । उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउनुका साथै विद्यार्थीहरुलाई हौ...
खुल्यो संखुवासभाको किमाथांका नाका

खुल्यो संखुवासभाको किमाथांका नाका

विराटनगर । कोरोना महामारीका बेला बन्द भएको संखुवासभाको किमाथांका शनिबारदेखि खुला भएको छ । त्यस बेला चीन सरकारले बन्द गरेका किमाथांकासहित १३ जिल्लाका १४ वटामध्ये सातवटा नाका खुलेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की तथा उच्च अधिकारीहरुको उपस्थितिमा किमाथांका नाका खुलाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । रसुवागढी, ...
सगरमाथा आरोहणपछि फर्कने क्रममा नेपालीसहित दुई आरोही बेपत्ता

सगरमाथा आरोहणपछि फर्कने क्रममा नेपालीसहित दुई आरोही बेपत्ता

सोलुखुम्बु । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न आएका दुईजना आरोही बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक छन् । मंगलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा संखुवावासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय पास तेन्जी शेर्पा र बेलायती नागरिक ४० वर्षीय ड्यानियल पउल पिटरसन बेपत्ता भएका हुन् । पर्यटन विभागका निर्देशक कालीबहादुर भुजेलका अनुसार चुचुरोमा पुगेर फर्कने क्रममा ८ हजार सात सय...
कोरोनाका बेला बन्द भएको संखुवासभाको किमाथांका नाका खुल्दै

कोरोनाका बेला बन्द भएको संखुवासभाको किमाथांका नाका खुल्दै

संखुवासभा । उत्तरी छिमेक चीनसँग जोडिएको संखुवासभाको किमाथांका नाका खुला हुने भएको छ । कोरोना महामारीका बेला चीन सरकारले २०७६ माघ ५ देखि उक्त नाका बन्द गरेको थियो । जेठ १२ गतेदेखि उक्त नाका खुला गरिने भएको हो । त्यस क्षेत्रका बासिन्दाले चीनको बजारबाट खाद्यान्न आयात गर्दै आएका थिए । नाका बन्द भएपछि स्थानीय बासिन्दालाई समस्या पर्दै आएको थियो । भोटखोला गाउँपालिकामा सदरमुकाम खाँदबारीबाट महँगोमा खाद्...
किशोरीलाई धम्क्याएर बलात्कार गरेको आरोपमा पक्राउ

किशोरीलाई धम्क्याएर बलात्कार गरेको आरोपमा पक्राउ

संखुवासभा । एक किशोरीलाई धाकधम्की दिंदै जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । १७ वर्षीया किशोरीलाई धम्क्याएर गत जेठ १ गते जबर्जस्ती करणी गरेको आरोपमा २१ वर्षीय गयामणि राई (देवान) लाई प्रहरीले पक्राउ गरेको हो । पीडित परिवारका तर्फबाट जेठ ५ गते प्राप्त भएको सूचनाका आधारमा प्रहरीले उनको खोजी गरिरहेको थियो । खोजीका क्रममा मादी नगरपालिका–६ मा हिँडिरहेको अवस्थामा फेला ...
संखुवासभामा चट्याङ लागेर ७२ वटा भेडा मरे

संखुवासभामा चट्याङ लागेर ७२ वटा भेडा मरे

संखुवासभा । वर्षासँगै परेको चट्याङले संखुवासभामा ७२ वटा भेडा मरेका छन् । जिल्लाको सभापोखरी गाउँपालिका–५ पेरुम्बामा दुई दिनअघि मध्यरातमा परेको चट्याङ लाग्दा भेडीगोठमा रहेका भेडा मरेका हुन् । प्रहरीका अनुसार स्थानीय सोमबहादुर लिम्बुको भेडीगोठमा रहेका ७२ वटा भेडा मरेका हुन् । घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी बाह्रबिसेबाट प्रहरी नायब निरीक्ष्क हरिकुमार भण्डारीको नेतृत्वमा प्रहरी टोली पुगेको थियो...
अरूण तेस्रो जलविद्युत् आयोजनाका पीडितप्रति आयोगको चासो

अरूण तेस्रो जलविद्युत् आयोजनाका पीडितप्रति आयोगको चासो

संखुवासभा । निर्माणको क्रममा रहेको ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाका मुआब्जा पीडितप्रति राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाएको छ । पीडितले उजुरी दिएपछि आयोगले यसमा चासो देखाएको हो । पीडितले आयोगमा ३ महिनाअघि उजुरी दिएका थिए । यस क्रममा आयोगको टोलीले स्थलगत रुपमा बुझ्ने काम पनि सुरु गरेको छ । आयोगका सदस्य मनोज दुवाडी सहितको टोलीले आइतबार अरुण तेस्रो आयोजनाको पावरहाउस स्थलस...
माछा मार्ने क्रममा सङ्खुवासभामा करेन्ट लागेर युवकको मृत्यु

माछा मार्ने क्रममा सङ्खुवासभामा करेन्ट लागेर युवकको मृत्यु

सङ्खुवासभा । माछा मार्ने क्रममा करेन्ट लागेर सङ्खुवासभाको चिचिलामा एक युवकको मृत्यु भएको छ । माछा मार्न करेन्ट लगाउने क्रममा उनी आफैँलाई करेन्ट लागेको थियो । प्रहरीका अनुसार करेन्ट लागेर चिचिला गाउँपालिका–२ ज्यामिरेका २४ वर्षीय छेम्बी शेर्पाको मृत्यु भएको हो । ब्याट्री प्रयोग गरी स्थानीय कागुवा खोलामा माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिए...
सङ्खुवासभामा पेस्तोल बोकेर हिँड्ने व्यक्ति पक्राउ

सङ्खुवासभामा पेस्तोल बोकेर हिँड्ने व्यक्ति पक्राउ

विराटनगर । कटुवा पेस्तोल हिँड्ने गरेका एकजनालाई प्रहरीले सङ्खुवासभामा पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा निगरानी गर्ने क्रममा प्रहरीले पेस्तोलसहित ती व्यक्तिलाई पक्राउ गरेको हो । नुनढाकीस्थित प्रहरी चौकीबाट खटिएको टोलीले एउटा कटुवा पेस्तोलसहित चैनपुर नगरपालिका–१ का ४२ वर्षीय दिलकुमार चोङबाङलाई पक्राउ गरेको हो । स्थानीय नैनबहादुर लिम्बुको घरमा बस्दै आएका उनले पेस्तोल बोकेर हिँडिरहेको सूचना प...
फेसबुकमा चिनजान गरी बिहेको प्रलोभन देखाएर यौन दुर्व्यवहार गर्नेे पक्राउ

फेसबुकमा चिनजान गरी बिहेको प्रलोभन देखाएर यौन दुर्व्यवहार गर्नेे पक्राउ

विराटनगर । विवाह गर्ने प्रलोभन देखाएर यौन दुर्व्यवहार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । संखुवासभाकी एक बालिकालाई सदरमुकाम खाँदबारीस्थित एक होटलमा लगेर यौन दुर्व्यवहार गरेपछि फरार रहेका ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा तनहुँको भिमाद नगरपालिका–२ स्थायी घर भएका ३७ वर्षीय हिमाल भनिने अभिमानसिं आले रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । उनीहरुबीच सामाजिक स...
सङ्खुवासभाको तुम्लिङटारमा ११ दिनदेखि उडान अवरुद्ध

सङ्खुवासभाको तुम्लिङटारमा ११ दिनदेखि उडान अवरुद्ध

विराटनगर । प्रतिकूल मौसमका कारण सङ्खुवासभाको तुम्लिङटारमा हवाई सेवा अवरुद्ध भएको छ । बाक्लो तुँवालो लागेका कारण उडान हुन नसकेको हो । तुम्लिङटारमा काठमाडौंबाट बुद्ध एयरको दैनिक एउटा उडान हुने गरेको छ । काठमाडौंबाट बिहान ९ः२० बजे तथा तुम्लिङटारबाट काठमाडौंका लागि बिहान १०ः२० बजे उडान हुने गरेको बुद्ध एयरको तुम्लिङटार कार्यालयका निमित्त प्रमुख राजीव पोखरेलले बताए । आसपासका जङ्गल क्षेत्रमा डढेलो ल...
संखुवासभाको मुढे बजारमा आगलागी

संखुवासभाको मुढे बजारमा आगलागी

संखुवासभा । धर्मदेवीको मुढेशनिश्चरे बजारमा आगलागी भएको छ । मानवीय क्षति नभए पनि आगलागीबाट स्थानीय रुद्रबहादुर जिमीको दुईवटा घरमा क्षति पुगेको छ । आगलागी सुरु भएपछि स्थानीय बासिन्दा र प्रहरी मिलेर निभाउने प्रयास गरेका थिए । आगो अन्यत्र फैलन नदिने उपाय अपनाइएको थियो । बजार क्षेत्रमा आगो फैलने डरले स्थानीय बासिन्दा त्रसित भएका थिए । नियन्त्रणका लागि तेह्रथुमको लालीगुराँस नगरपालिकाबाट आएको दमकल प्...
संखुवासभामा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

संखुवासभामा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

संखुवासभा । संखुवासभाको छ्याङकुटीमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । चिचिलाबाट खाँदबारी आउँदै गरेको प्र. १–०२–००३ त १८८३ नम्बरको ट्याक्टर छ्याङकुटी डाँडामा दुर्घटना भएको हो । दुर्घटनामा परी ट्याक्टर चालक चिचिला–२ का दावा शेर्पाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चिचिला २ घर भएका सहचालक लाक्पा रिञ्जिन शेर्पा घाईते भएका छन् ।
संखुवासभामा ‘लिभिङ टुगेदर’ बस्दै आएकी प्रेमिकाको हत्या, प्रेमी पक्राउ

संखुवासभामा ‘लिभिङ टुगेदर’ बस्दै आएकी प्रेमिकाको हत्या, प्रेमी पक्राउ

संखुवासभा । संखुवासभामा विवाह नै नगरी प्रेमीसँग बस्दै आएकी युवतीको हत्या भएको छ । खाँदबारी नगरपालिका-११ का ३१ वर्षीय मंशिरे शेर्पासँग ‘लिभिङ टुगेदर’ बस्दै आएकी सिलिचोङ गाउँपालिका-२ की २६ वर्षीया बिनाकुमारी राईको हत्या भएको हो । हत्या आरोपमा प्रहरीले उनकै प्रेमी मंशिरे शेर्पालाई पक्राउ गरेको छ । खाँदबारी नगरपालिका-७ मा ‘लिभिङ टुगेदर’ बस्दै आएका उनीहरूबीच घरायसी विषयमा विवाद हुँदा प्रेमी मंशिरेले...
संखुवासभामा बाढीको वितण्डाः एक जनाको मृत्यु, १८ जना बेपत्ता

संखुवासभामा बाढीको वितण्डाः एक जनाको मृत्यु, १८ जना बेपत्ता

संखुवासभा । बर्षासँगै आएको बाढीले बगाउँदा संखुवासभामा एक जनाको मृत्यु भएको छ । १८ जना बेपत्ता भएका छन् भने तीन जना घाइते छन् । भौतिक क्षतिको विवरण संकलन भइरहेको छ । हेँवा खोलामा आएको बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका–५ मा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको पहिचान हुन बाँकी छ । चैनपुर–४ पेङ्कोट र पाँचखपन–९ मा पहिरोले खोला थुनिएर आएको बाढीले वितण्डा मच्चाएको हो । चैनप...
संखुवासभाको मनकामना मन्दिर (तस्वीर)

संखुवासभाको मनकामना मन्दिर (तस्वीर)

संखुवासभाको खाँदबारी नगरपालिका–९ स्थित अरुण नदी किनारमा रहेको मनकामना मन्दिरमा पुजा गर्दै भक्तजनहरू । तस्वीर: कविन्द्र भण्डारी
संखुवासभामा हेलिकप्टर दुर्घटना

संखुवासभामा हेलिकप्टर दुर्घटना

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका–४ सिप्ररुङमा हेलिकप्टर दुर्घटनामा भएको छ । हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको सिम्रिक एयरको हेलिकप्टर दिउँसो करिब १ बजे सिप्ररुङको हम्मरेडाँडामा दुर्घटना भएको हो । सिप्ररुङमा हेलिकप्टर खसेको जानकारी आएपछि प्रहरी टोली त्यसतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता प्रहरी निरीक्षक सरोज खनालले संगा...
error: Content is protected !!