संगालोखबर

सङ्खुवासभा । सुनको गहना चोरीमा संलग्न रहेको साथै चोरीका गहना किनेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजना मोरङको सुन्दर हरैँचाका छन् । दुईजना सङ्खुवासभाका हुन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय धनकुटासँगको समन्वयमा खाँदबारी नगरपालिका–६ पाङ्‍ठा टोल घर भएका १९ वर्षीय अनिष बिष्टलाई धनकुटाको पाख्रीबासमा पक्राउ गरेको हो ।

खाँदबारी–७, बेलडाँडास्थित एक घरमा प्रवेश गरी सुनको तिलहरी, मोबाइल फोन लगायतका धनमाल चोरीमा उनी संलग्न रहेको प्रहरीको भनाइ छ । 

यसैगरी, चोरिएको सुनको गहना खरिद गर्ने मोरङको सुन्दरहरैँचा नगरपालिका–३ गछियास्थित रोनिस ज्वेलर्सका सञ्चालक ३८ वर्षीय महेन्द्रकुमार थापालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

यस्तै, पक्राउ परेका बिष्टबाट गहना खरिद गर्ने खाँदबारी–३ मानेभज्ञ्याङका ३७ वर्षीय रविन विश्‍वकर्मा पनि पक्राउ परेका छन् ।

पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर अदालतबाट म्याद थप गरी मुलुकी अपराध संहिता, २०७४ बमोजिम अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!