संगालोखबर

संखुवासभा । संखुवासभाको मादी नगरपालिका-६ शिरीसेमा बम फेला परेको छ । स्थानीय भवानीप्रसाद दाहालको कोदोवारीमा ‘ह्यान्ड ग्रिनेड’ फेला परेको हो ।

Advertisement

मादी–पिलुवा सडकबाट करिब २० मिटर टाढा रहेको सो स्थानमा आज बिहान शङ्कास्पद बस्तु देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको प्रहरी टोलीले सो क्षेत्रलाई घेरेर राखी नेपाली सेनाको टोलीलाई खबर गरेको थियो ।

खाँदबारीबाट गएको नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बम पुरानो रहेकाले द्वन्द्वकालमा छोडिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!