संगालोखबर
जिल्ला प्रहरी कार्यालय संखुवासभा

संखुवासभा । २० महिनाकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ । बालिका घरमा एक्लै भएको अवस्थामा ती किशोरले बलात्कार गरेको पीडित पक्षले उजुरी दिएपछि प्रहरीले किशोरलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार घटना असार ४ गतेको हो । अभिभावक खेतीको काममा बाहिर गएका बेला बालिकालाई किशोरले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको उनले संगालोखबरलाई जानकारी दिए ।

Advertisement

बालिकाको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ । जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको लामिछानेले बताए । गोपनीयताका कारण घटना भएको स्थान प्रहरीले खुलाएको छैन । यसैगरी पीडक भनिएका नाबालक रहेकाले उनको पनि नाम गोप्य राखिएको छ ।

यसैबीच, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बालिकाको स्वास्थ्य उपचार र कानुनी उपचारका लागि आर्थिक सहयोग गरेको छ । इन्सेकको कोशी प्रदेश कार्यालयले उनको परिवारलाई १० हजार रुपैयाँ सहयोग गरेको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!