कान्तिपुरका सुरक्षागार्ड मृत अवस्थामा भेटिए
विराटनगर । कान्तिपुर मिडिया ग्रुपको मोरङमा रहेको प्रदेश कार्यालयमा कार्यरत सुरक्षा गार्ड मृत अवस्थामा भेटिएका छन् । मोरङको बूढीगंगा गाउँपालिका–४ नेमुवास्थित कान्तिपुरको प्रादेशिक कार्यालयका सुरक्षा गार्ड कोठामा सुन्दरहरैँचा नगरपालिका–९ घर भएका ५० वर्षीय बलबहादुर बस्नेत मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार उनी झुन्डिएको अवस्थामा बुधवार मृत भेटिएका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्...

























