संगालोखबर

विराटनगर । मोरङको रंगेलीमा खोलाले बगाउँदा आज एकजना स्थानीय बेपत्ता भएका छन् । रंगेली नगरपालिका–४ स्थित घागी खोलाले बगाएर ४५ वर्षीय नागेन मण्डल बेपत्ता भएको प्रहरीले जनाएको छ ।

Advertisement

साथीहरुसहित खोला तर्ने क्रममा मण्डल बगेर बेपत्ता भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । उनका तीनजना साथी भने सकुशल छन् ।

बेपत्ता मण्डलको स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली मिलेर खोजी गरिरहेका छन् । बेपत्ता भएको स्थान र आसपास क्षेत्रमा उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!