संगालोखबर

विराटनगर । नजिकैको खोलाबाट आएको बाढी पसेपछि विराटनगर विमानस्थलबाट हुने हवाई उडान आज दिउँसोसम्म अवरुद्ध भएको छ । स्थानीय बस्ता खोलाको बाढी विमानस्थल क्षेत्रमा प्रवेश गरेपछि उडान प्रभावित भएको हो ।

Advertisement

विमानस्थलको पार्किङ क्षेत्रमा भलबाढी पसेको नागरिक उड्डयन कार्यालयले जनाएको छ । विमानस्थलको केही भाग डुबानमा परेको छ । धावनमार्गमा भने समस्या नरहेको कार्यालयले जनाएको छ ।

विराटनगरबाट दैनिक औसत १८ वटा उडान हुने गरेको छ । आज भने प्रतिकूल अवस्थाका कारण उडान दिनभर अवरुद्ध भएको हो । पार्किङ क्षेत्रको पानी सुकेपछि सफाइ गरेर साँझसम्म उडान सञ्चालन गर्ने तयारी गरिएको विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिए । गएरातिदेखि भएको भारी वर्षाका कारण विमानस्थल जाने सडक पनि जलमग्न बनेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!