संगालोखबर

विराटनगर । विराटनगरमा डेंगुको रोग नियन्त्रण तथा रोकथाम अभियान थालिएको छ । यसका लागि महानगरका १९ वटै वडामा डेंगु रोग सार्ने लार्भा नष्ट गर्न थालिएको छ । लार्भा नियन्त्रणका लागि महानगरले हरेक वडामा अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरेको जनाएको छ ।

Advertisement

यसैगरी, लार्भा खोजी र नष्ट गर्ने काम पनि सुरु गरिएको छ । अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयमसेविकासहित सरोकारवालाहरुको सहभागिता छ ।

महानगरको स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीपकुमार यादवका अनुसार टायरमा जमेको पानी, स्थिर रुपमा भाँडा, बोटल, प्लाष्टिकलगायतमा जमेको पानी, कुलर र एसीको पछाडिको पानीलगायतमा डेंगुको संक्रमण सार्ने लामखुट्टेले फूल पार्छ ।

टायर, ड्रम, गमला, फ्रिज, कुलरसहित लामो समयदेखि जमेको पानीमा डेंगु सार्ने लामखुट्टे बस्ने गर्दछ । डेंगु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय घरभित्र र वरिपरि पानी जम्न नदिनु नै रहेको डा. यादवको भनाइ छ ।

महानगरपालिकामा डेंगुको संक्रमण नफैलियोस् भनेर ‘खोज र नष्ट अभियान’ महानगरलाई तीव्रता दिएको मेयर नागेश कोइरालाले बताए । मेयर कोइरालाले महानगरका १९ वटै वडामा स्वास्थ्यकर्मी परिचालन गरेर डेंगु नियन्त्रणको अभियान सुरु गरिएको जानकारी दिए ।

उनले डेंगुको संक्रमण फैलिन नदिन टायर, ड्रम, गमला, फ्रिज, कुलरसहित लामो समयदेखि पानी जम्न नदिन महानगरवासीलाई आग्रह पनि गरेका छन् । नगर क्षेत्रमा हालसम्म १ जनामा डेंगुको संक्रमण देखिएको महानगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!