विराटनगर । मोरङको रंगेलीमा सर्पले टोकेर एकजना महिलाको मृत्यु भएको छ । आफ्नै घरभित्र सुुतिरहेका बेला विषालु सर्पले डसेर रंगेली नगरपालिका–८ खयरबारीकी ५७ वर्षीया कलादेवी ऋषिदेवको मृत्यु भएको हो ।
सर्पले डसेर गम्भीर बिरामी भएकी ती महिलाको उपचारका लागि स्वास्थ्य संस्था लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सर्पले टोकेको थाहा पाएपछि उनलाई उपचारका लागि परिवारले भारततिर लैजाने क्रममा मृत्यु भएको जनाइएको छ ।