संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषध ब्राउन सुगर र गाँजासहित पाँच जना पक्राउ गरेका छन् । झापाबाट दुई, मोरङबाट एक र धनकुटाबाट दुई जना छन् ।

धनकुटाको चौबिसे गाउँपालिका-६ का मुकेश विश्वकर्मा र दिवश राई दुई किलो गाँजासहित पक्राउ परेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

Advertisement

यस्तै विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपालिका-५ का २९ वर्षीय राजेन्द्र कुमार ताजपुरिया र शिवसताक्षी-४ का २१ वर्षीय अजय ताजपुरियालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट ८ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।

लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले विराटनगर-१५ बाट सुनसरी बराहक्षेत्र नगरपालिका-७ का ३२ वर्षीय मनोज बस्नेतलाई पक्राउ गरेको छ । उनको साथबाट ३ ग्राम एक सय मिलिग्राम  ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट आवश्यक अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!