संगालोखबर


विराटनगर । झापाको बाह्रदशी गाउँपालिका-१ मा स्कुटर र मोटरसाइकल दुर्घटनामा मृतकको संख्या तीन पुगेको छ । तीन वर्षीय आयुष राजवंशीको उपचारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या तीन पुगेको हो ।

यसअघि स्कुटर चालक कचनकवल गाउँपालिका-३ का ६० बर्षीय श्रीप्रसाद राजवंशी र मोटरसाइकल चालक भारतको किशनगंजका २५ बर्षीय सुरज टुडुको मृत्यु भएको थियो । आयुश श्रीप्रसादका नाति हुन् ।

Advertisement

दुर्घटनामा घाइते भएकी श्रीप्रसादकी बुहारी २७ वर्षीया उर्मिला राजवंशीको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो बीआर ३७ एजेड ६४४० नम्बरको भारतीय नम्बरको मोटरसाइकल र प्र १-०१-०१६ प ९२७० नम्बरको मोटरसाइकल दुर्घटनामा परेका हुन् । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!