जेनजी आन्दोलनमा झापाबाट लुटिएका हतियार पाँचथरमा फेला, एक जना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका २ थान हतियार र गोलीगठ्ठासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ का २२ वर्षीय सुशील फियाक लिम्बु छन् ।
उनलाई मंसिर २ गते झापाको दमक नगरपालिका-६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । विशेष सूचनाका आधारमा पक्राउ परेका फियाकले हतियार पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेस्थित लामागाउँको ओड...


























