संगालोखबर
सांकेतिक तस्वीर

झापा । झापामा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । दुर्घटनामा दमक-४ घरघरेका ६० वर्षीय सोमबहादुर विकको मृत्यु भएको हो ।

आज बिहान दमक-४ चियाबगानस्थित पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश नं. १-०१-००१ ख ४३६३ नम्बरको यात्रुबाहक बसले दमकबाट ताराबारीतर्फ जाँदै गरेको साइकललाई ठक्कर दिएको थियो ।

Advertisement

दुर्घटनामा गम्भीर घाइते भएका विकलाई उपचारका लागि दमक अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो । बस चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका-७ का ४७ वर्षीय राजेन्द्र गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!