संगालोखबर


विराटनगर । झापामा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

आज दिउँसो राजगढबाट कुटीतर्फ जाँदै गरेको बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १-०१-०१६ प ९२७० नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए ।

Advertisement

दुर्घटनामा स्कुटर चालक झापाको कचनकवल गाउँपालिका–-३ का ६० वर्षीय श्रीप्रसाद राजवंशी र मोटरसाइकल चालकको मृत्यु भएको हो ।

गम्भीर घाइते उनीहरूलाई उपचारका लागि प्रदेश अस्पताल भद्रपुर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा स्कुटर पछाडि सवार कचनकवल-३ की २७ वर्षीया उर्मीला राजवंशी र उनका छोरा ३ वर्षीय आयुष राजवंशी घाइते भएका छन् । उनीहरूको बीएण्सी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!