संगालोखबर
फाइल तस्वीर

झापा । झापामा जंगली हात्तीले चार घरमा क्षति पुर्याएको छ । आज बिहानको राति भद्रपुर नगरपालिका-४ नमुना बस्तीमा हात्ती पस्दा चार घरमा क्षति पुर्‍याएको हो ।

प्रहरीका अनुसार हात्तीले टेकनाथ पराजुलीको भान्सा घर भत्काएर २० मन मकै खाँदा ३५ हजार बराबरको क्षति भएको छ । प्रेमलाल भण्डारी र रीता विकको घरमा ७/७ हजार तथा जितबहादुर लिम्बूको घरमा १३ हजार बराबरको क्षति पुर्‍याएको प्रहरीको भनाइ छ ।

Advertisement

स्थानीयले हो-हल्ला गर्न थालेपछि हात्तीको हुल जंगलतर्फ गएको थियो । जंगली हात्ती गाउँ पस्न थालेसँगै सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!