
विराटनगर । झापाको दमक नगरपालिका-७ पशुडाँडामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु भएको छ । दुर्घटनामा पुरुष घाइते भएका छन् ।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार कमल गाउँपालिका-५ की ४२ वर्षीया मुना गौतमको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल चालक ४३ वर्षीय शुकदेव गौतम घाइते भएका छन् । प्रहरीका अनुसार उनीहरू पति-पत्नी हुन् ।
आज बिहान करिब ८ बजे दमकबाट पाडाजुँगीतर्फ जाँदै गरेको प्र १-०२-००२ ख ०९१२० नम्बरको ट्रकले ले विपरीत दिशाबाट आउँदै गरेको प्र १-०१-०१२ प ९३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा घाइते भएका शुकदेवको बायाँ खुट्टामा चोट लागेको र अहिले दमक अस्पतालमा उपचार भइरहेको झापा प्रहरीले जनाएको छ ।
ट्रक चालक तेह्रथुमको लालीगुँरास नगरपालिका-४ का २५ वर्षीय आङदावा शेर्पालाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले संगालोखबरलाई जानकारी दिए ।

संगालोखबर 













