
झापा । झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-१० का ५३ वर्षीय पुष्प पोखरेल छन् ।
आइतबार राति करिब ८ बजे आफ्नै निर्माणधीन घरमा पानी लगाउनलाई मोटर जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि बीएण्डसी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीले आवश्यक अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

संगालोखबर 













