संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । झापामा हायस गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुरुङ्गा नगरपालिका-१ का ३८ वर्षीय रामबहादुर भुजेल छन् ।

बिर्तामोड नगरपालिका-२ रामचोक स्थित पूर्व–पश्चिम राजमार्गमा गम्भीर अवस्थामा फेला परेका उनलाई विर्तासिटी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

Advertisement

प्रहरीले बा ५ ख ६८०३ नम्बरको हायससहित चालक मकवानपुर थाहा नगरपालिका-७ का २७ वर्षीय रोशन तामाङलाई काँकरभिट्टा बसपार्कबाट नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!