संगालोखबर
साङ्केतिक तस्बिर : एआईको सहयोगमा

विराटनगर । सुनसरीको झुम्का कारागारबाट पर्खाल नाघेर भागेका कैदी झापाको बिर्तामोड नगरपालिका-१० विराट पोखरी नजिकबाट पक्राउ परेका छन् ।

साउन २८ गते कारागारको पर्खाल नाघेर भागेका खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ का २८ वर्षीय रूपक पौडेल खत्री आज बिहान पक्राउ परेका हुन् ।

Advertisement

जबर्जस्ती करणी मुद्दाका कैद भुक्तान गरिरहेका पौडेललाई सुनसरी जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा पौडेललाई १३ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । यस्तै अदालतले पौडेलबाट पीडितलाई ३० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसलासमेत गरेको थियो ।

पक्राउ परेका पौडेललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय सुनसरी पठाउने तयारी भइरहेको झापा प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!